२०८३ असोज ८ गते बिहिवार / Sep 24 , 2026 , Thursday
२०८३ असोज ८ गते बिहिवार

काठमाडौं प्लाजा नजिकको सडक भासियो

Nada
२०८१ साउन २५ गते ११:१९
Shares
काठमाडौं प्लाजा नजिकको सडक भासियो

काठमाडौं : काठमाडौं महानगरपालिका नजिकको सडक भासिएको छ । 

ncell

महानगरपालिकाको नजिक सडक भासिँदा गएरातिदेखि आवागमन प्रभावित भएको छ । महानगरको कार्यालय रहेको काठमाडौं प्लाजादेखि उत्तरतर्फको सडक भासिएको हो ।

यो सडकले दरबार मार्गलाई जोड्छ । टुकुचा खोलामाथि रहेको यो सडक राति नै भासिएको महानगर प्रहरीले जनाएको छ ।

दरबारमार्गस्थित महेन्द्र सालिकबाट कमलादीको कृष्ण पाउरोटी चोक निस्किने सडक खण्ड भासिएको हो । सडक भासिएको स्थानमा टुकुचा खोला पर्दछ । यो सडक एकतर्फी छ । प्रहरीले घेरा हालेर राखेका छन् भने हिजो रातिदेखि सवारी चलाउन रोक लगाइएको छ ।

ताजा खबर

सम्बन्धित खबर