
काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी संघको नयाँ नेतृत्व चयनका लागि ७१९ जना व्यवसायीले मतदान गरेका छन् ।
हाल १ हजार ६६ वटा म्यानपावर कम्पनी वैदेशिक राेजगार विभागमा दर्ता रहेकाेमा विशेष साधारण सभाका लागि ७७४ म्यानपावर कम्पनीले वार्षिक लेबी बुझाएर प्रतिनिधि दर्ता गरेका हुन् ।
प्रतिनिधि लिएकामध्ये ७३६ जनाले मतदान परिचयपत्र लगेकोमा १७ जना जनाले मतदान नगरी फर्केको प्रारम्भिक चरणमा देखिएको छ । आइतबार राजधानीमा नयाँ नेतृत्व चयनका लागि भएको विशेष साधारणसभा उद्घाटनपछि मतदान भएको हाे ।
आइतबार नै मत परिणाम घाेषणा गर्ने याेजनाअनुसार तीव्रताका साथ मतगणना गरिने प्रमुख निर्वाचन अधिकृत टंकबहादुर राउतले जानकारी दिए ।
त्यसअघि संघका निवर्तमान अध्यक्ष तथा प्रबन्ध समिति संयाेजक राजेन्द्र भण्डारीकाे सभापतित्वमा विशेष साधारणसभाकाे उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो ।