२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

प्रारम्भिक मतगणमामा खत्री समूह अगाडि

Nada
२०८३ जेठ २४ गते २२:५०
Shares
प्रारम्भिक मतगणमामा खत्री समूह अगाडि

काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी संघको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा अध्यक्षका उम्मेदवार डिकबहादुर खत्री 'कुमार' प्यानलले अग्रता लिएको छ ।

ncell

३०१ मत गणना हुँदा अध्यक्ष उम्मेदवार खत्रीले १४५ मत पाएका छन् । नेकपा एमाले निकट प्रगतिशील वैदेशिक राेजगार व्यवसायी मञ्च नेपाल  र नेपाली कम्युनिस्ट पार्टीनिकट वैदेशिक राेजगार व्यवसायी गणतान्त्रिक मञ्च र नेपाली कांग्रेसनिकट केही व्यवसायी मिलेर बनेको संयुक्त व्यवसायी समूहले निर्वाचनमा प्यानल खडा गरेका थिए । 

राष्ट्रिय स्वतन्त्र पार्टीनिकट स्वतन्त्र वैदेशिक रोजगार व्यवसायी समूहबाट अध्यक्षका उम्मेदवार नेपाल वैदेशिक रोजगार व्यवसायी एकता समितिका अध्यक्ष तथा संघका पूर्वप्रथम उपाध्यक्ष हरिबहादुर पाण्डे क्षेत्रीले ७४ र नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनबाट उम्मेदवार संघका पूर्वमहासचिव मेघनाथ भुर्तेलले ७८ मत पाएका छन् ।

नयाँ नेतृत्व निर्वाचित गर्ने विशेष साधारणसभाका लागि ७७४ म्यानपावर कम्पनीले बार्षिक लेभी बुझाएर  प्रतिनिधि दर्ता गरेकोमा ७१९ जना व्यवसायीले मतदान गरेका थिए ।

प्रतिनिधि दर्ता गराएका ७३६ जनाले मतदान  परिचयपत्र लगेकोमा १७ जना जनाले मतदान नगरी फर्केको प्रारम्भिकरुपमा देखिएको छ । हाल १ हजार ६६ वटा म्यानपावर कम्पनी वैदेशिक रोजगार  विभागमा दर्ता भै चालु रहेका छन् । 

आइतबार राजधानीमा संघको नयाँ  नेतृत्व चयनका  लागि भएको विशेष साधारणसभा उद्घाटन पछि मतदान भएको हो ।

ताजा खबर

सम्बन्धित खबर