
काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा डिकबहादुर खत्री ‘कुमार’ निर्वाचित भएका छन् ।
आइतबार काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा संघको विशेष साधारण सभापश्चात भएको निर्वाचनमा नेकपा एमाले निकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल र नेपाली कम्युनिस्ट पार्टीनिकट वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्च तथा नेपाली कांग्रेसनिकट केही व्यवसायी मिलेर बनेको संयुक्त व्यवसायी समूहबाट उम्मेदवार बनेका खत्री अध्यक्षमा निर्वाचित भएका हुन् ।
अध्यक्षमा नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनबाट संघका पूर्वमहासचिव मेघनाथ भुर्तेल र राष्ट्रिय स्वतन्त्र पार्टीनिकट स्वतन्त्र वैदेशिक रोजगार व्यवसायी समूहबाट नेपाल वैदेशिक रोजगार व्यवसायी एकता समितिका अध्यक्ष तथा संघका पूर्वप्रथम उपाध्यक्ष हरिबहादुर पाण्डे क्षेत्री प्यानलसहित चुनावी मैदानमा थिए ।
अध्यक्षमा विजयी खत्रीले ३४७ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी भुर्तेलले १९२ र पाण्डे क्षेत्रीले १७० मत पाएका छन् । प्रथम उपाध्यक्षमा महेशकुमार बस्नेत २४१ मतसहित विजयी भएका छन् । उनका प्रतिस्पर्धी कर्णराज कटुवालले २३१ मत र सञ्जु गुरुङले २२८ मत प्राप्त गरे ।
द्वितीय उपाध्यक्षमा अनिल बोगटी ३१५ मतसहित निर्वाचित भए । उनका निकटतम प्रतिस्पर्धी रबिन मेगाले मगरले २०५ मत तथा बालकृष्ण श्रेष्ठले १६८ मत पाए । त्यसैगरी, तृतीय उपाध्यक्षमा लक्ष्मण पौडेल २५९ मतसहित विजयी हुँदा तुलसी पुरीले २५६ मत र कृष्ण ढकालले १७२ मत प्राप्त गरे ।
महासचिव पदमा हिराबहादुर डाँगी ‘हरि’ २७३ मतसहित निर्वाचित भए। उनका प्रतिस्पर्धी नुर मोहम्मद मियाँले २४९ मत र अमर प्रकाश तिवारीले १६३ मत प्राप्त गरे ।
सचिव पदमा केदारनाथ अधिकारी २९८ मतसहित विजयी भए । राजकाजी भोलान (राज लामा) ले २४४ मत र नवराज लुईंटेलले १४७ मत पाए । कोषाध्यक्षमा धनमाया सिञ्जाली ३२३ मतसहित निर्वाचित भएकी छन्। उनका प्रतिस्पर्धी विद्यालक्ष्मी बज्राचार्यले १९५ मत र विनिता कटुवालले १६३ मत प्राप्त गरे ।
संयुक्त व्यवसायी समूहबाट १७ सदस्यीय कार्यसमितिमा पदाधिकारी ७ मध्ये ६ जना र १० कार्यसमिति सदस्यमध्ये ८ सदस्य जितेको छ । एसोसिएसन प्यानलबाट एक पदाधिकारी र २ सदस्य निर्वाचित भएका छन् ।
नयाँ नेतृत्व निर्वाचित गर्ने विशेष साधारण सभाका लागि ७७४ म्यानपावर कम्पनीले वार्षिक लेबी बुझाएर प्रतिनिधि दर्ता गरेकोमा ७१९ जना व्यवसायीले मतदान गरेका थिए ।
प्रतिनिधि दर्ता गराएका ७३६ जनाले मतदान परिचयपत्र लगेकोमा १७ जनाले मतदान नगरी फर्केको प्रारम्भिक रूपमा देखिएको छ । हाल १ हजार ६६ वटा म्यानपावर कम्पनी वैदेशिक रोजगार विभागमा दर्ता भई चालु रहेका छन् ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको २०८३ जेठ २४ गते सम्पन्न निर्वाचनमा पदाधिकारीहरू कसले कति मत ल्याए ?
अध्यक्ष
डिकबहादुर क्षेत्री (कुमार) : ३४७ मत (विजयी)
मेघनाथ भुर्तेल : १९२ मत
हरिबहागुर पाण्डे क्षेत्री : १७० मत
प्रथम उपाध्यक्ष
महेशकुमार बस्नेत : २४१ मत (विजयी)
कर्णराज कटुवाल : २३१ मत
सञ्जु गुरुङ : २२८ मत
द्वितीय उपाध्यक्ष
अनिल बोगटी : ३१५ (विजयी)
रबिन मेगाले मगर : २०५
बालकृष्ण श्रेष्ठ : १६८
तृतीय उपाध्यक्ष
लक्ष्मण पौडेल : २५९ (विजयी)
तुलसी पुरी : २५६
कृष्ण ढकाल : १७२
महासचिव
हिराबहादुर डाँगी (हरि) : २७३ (विजयी)
नुर मोहम्मद मियाँ : २४९
अमर प्रकाश तिवारी : १६३
सचिव
केदारनाथ अधिकारी : २९८ (विजयी)
राजकाजी भोलान (राज लामा) : २४४
नवराज लुईंटेल : १४७
कोषाध्यक्ष
धनमाया सिञ्जाली : ३२३ (विजयी)
विद्यालक्ष्मी बज्राचार्य : १९५
विनिता कटुवाल : १६३