२०८१ असोज ५ गते शनिवार / Sep 21 , 2024 , Saturday
२०८१ असोज ५ गते शनिवार

निर्मला कुर्मीको हत्या आरोपीलाई मन्त्री बनाएको भन्दै माइतीघरमा धर्ना

ADV
मध्यान्ह
२०८१ साउन २५ गते १२:१३
निर्मला कुर्मीको हत्या आरोपीलाई मन्त्री बनाएको भन्दै माइतीघरमा धर्ना

काठमाडौँ : निर्मला कुर्मी हत्याको मुख्य अभियुक्तलाई मन्त्री बनाएको भन्दै माइतीघरमा धर्ना शुरु भएको छ । मुख्य अभियुक्तलाई नै प्रदेश मन्त्री बनाएर दलहरूले संरक्षण गरेको भन्दै माइतीघरमा धर्ना शुरु भएको हो । 

सत्ताधारी पार्टीले बादशाह कुर्मीलाई प्रदेश मन्त्री बनाई संरक्षण गरेको भन्दै रूबी खानको नेतृत्वमा आजदेखि माइतीघरमा धर्ना शुरु भएको हो ।

उनीहरूले निर्मला कुर्मी हत्याका मुख्य अभियुक्त बादशाहलाई मन्त्री पदबाट तत्काल हटाउनुपर्ने, निर्मला कुर्मी हत्या मुद्दा तत्काल अदालत पुर्‍याउनुपर्ने, आन्दोलनकारीको सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने लगायतका मागहरू राखेका छन् ।

ADVADV

सम्बन्धित खबर

Advertise