२०८१ असोज ५ गते शनिवार / Sep 21 , 2024 , Saturday
२०८१ असोज ५ गते शनिवार

सुदूरपश्चिम प्रदेश सभाको अधिवेशन आह्वान

ADV
मध्यान्ह
२०८१ साउन २५ गते १६:४०
सुदूरपश्चिम प्रदेश सभाको अधिवेशन आह्वान

सुदूरपश्चिम : सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले यही साउन २७ गते अपराह्न २ बजे प्रदेशसभाको पाँचौ अधिवेशन आह्वान गरेका छन् । प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (१)बमोजिम प्रदेश प्रमुखले आज प्रदेशसभाको पाँचौ अधिवेशन आह्वान गरेको प्रदेश सभा सचिवालयले जनाएको छ ।

सरकारले दुई दिनअघि मात्रै प्रदेश सभाको चालु चौथो अधिवेशन अन्त्य गरेर बिहीबार राजश्व संकलनसम्बन्धी अध्यादेश ल्याएको थियो । उक्त अध्यादेश प्रदेश प्रमुखबाट बिहीबार नै प्रमाणीकरण भइसकेको छ ।

अध्यादेश प्रमाणीकरणसँगै आर्थिक वर्ष २०८१/८२को बजेट पारित हुन नसकेर रोकिएको प्रदेश सरकारको कर संकलनसम्बन्धी काम अगाडि बढेको छ । बजेट पारित हुन नसकेर प्रदेश सरकार मातहतका कार्यालयको कर संकलनलगाएतको काम ठप्प भएको थियो ।  तत्कालीन मुख्यमन्त्री दीर्घबहादुर सोडारी नेतृत्वको सरकार अल्पमतमा परेपछि प्रदेशसभामा असार १ गते प्रस्तुत बजेट पारित हुन नसकेर अलपत्र परेको थियो ।

सरकारले अध्यादेश जारीगरी कर संकलनको वातावारण बनाएपनि बजेट शून्यताको अवस्था भने अझै अन्त्य भएको छैन । मुख्यमन्त्रीले प्रदेशसभाबाट विश्वासको मत लिइसकेपछि बजेटका विषयमा कारवाही अघि बढाउने तयारी गरेका छन् ।  त्रिपन्न सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा नेपाली कांग्रेसका १८,नेकपा एमालेका११,नेकपा माओवादी केन्द्रका सभामुख बाहेक १०,नागरिक उन्मुक्ति पार्टीका सात,नेकपा एकीकृत समाजवादीका चार, राप्रपाका एक र एक स्वतन्त्र सदस्यको प्रतिनिधित्व छ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise