२०८३ असोज २७ गते मङ्गलवार / Oct 13 , 2026 , Tuesday
२०८३ असोज २७ गते मङ्गलवार

नेपाल पत्रकार महासंघ बझाङमा सिंहले सम्हाले नेतृत्व, विष्टको बिदाइ

Nada
सत्यराज सिंह
२०८३ असार १ गते २१:२५
Shares
नेपाल पत्रकार महासंघ बझाङमा सिंहले सम्हाले नेतृत्व, विष्टको बिदाइ

बझाङ : नेपाल पत्रकार महासंघ बझाङ शाखाको अध्यक्ष पदमा ललितबहादुर सिंहले कार्यभार सम्हालेका छन् ।

ncell

२०८१ सालमा सम्पन्न महासंघको जिल्ला अधिवेशनमा दुई प्रतिस्पर्धीबीच मत बराबर भएपछि गरिएको आधा–आधा कार्यकाल बाँड्ने सहमतिअनुसार सिंहले सोमबारबाट नेतृत्व सम्हालेका हुन् ।

तत्कालीन निर्वाचनमा अध्यक्षका उम्मेदवारद्वय ललितबहादुर सिंह र ढेपबहादुर विष्ट (डीबी) को बराबर मत आएपछि दुवै पक्षबीच १५–१५ महिना कार्यकाल सम्हाल्ने लिखित सहमति भएको थियो । 

सोही सहमति बमोजिम पहिलो १५ महिनाको कार्यकाल पूरा गरी विष्टलाई बिदाई गरेर  सिंहले नेतृत्व लिएका हुन् ।

सोमबार सदरमुकाम चैनपुरमा आयोजित एक विशेष कार्यक्रमका बीच निवर्तमान अध्यक्ष विष्टलाई बिदाइ गरियो भने नवनिर्वाचित अध्यक्ष सिंहलाई पदभार ग्रहण गराइयो ।

चुनौतीपूर्ण यात्रा, परिपक्व नेतृत्व

लामो समयदेखि बझाङको पत्रकारितामा सक्रिय सिंह यसअघि नेपाल प्रेस युनियन बझाङको अध्यक्ष, पत्रकार महासंघको सदस्य र सचिव हुँदै नेतृत्व तहमा पुगेका हुन् ।

पदभार ग्रहण गर्दै नवनिर्वाचित अध्यक्ष सिंहले जिल्लाको श्रमजीवी पत्रकारहरूको हकहित संरक्षण, व्यावसायिक पत्रकारिताको विकास र महासंघको संस्थागत सुधारका लागि आफ्नो कार्यकाल केन्द्रित हुने प्रतिबद्धता व्यक्त गरे । उनले भने, झसहमति र सहकार्यको यो मोडलले बझाङका पत्रकारहरूबीच एकताको सन्देश दिएको छ । म सबै पक्षलाई समेटेर अघि बढ्नेछु ।’

बिदाइ भएका निवर्तमान अध्यक्ष विष्टले आफ्नो कार्यकालमा सहयोग गर्ने सम्पूर्ण कार्यसमिति र पत्रकारहरूलाई धन्यवाद ज्ञापन गर्दै नयाँ नेतृत्वलाई पूर्ण सहयोग रहने बताए । कार्यक्रममा जिल्लास्थित अग्रज पत्रकार, विभिन्न सञ्चार सम्बद्ध संगठनका प्रतिनिधि र सरोकारवालाहरूको उपस्थिति रहेको थियो । 

ताजा खबर

सम्बन्धित खबर