२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

वैशाखको तुलनमा जेठमा ह्वात्तै घटे वैदेशिक रोजगारमा जाने नेपाली

Nada
२०८३ असार ३ गते ०६:२०
Shares
वैशाखको तुलनमा जेठमा ह्वात्तै घटे वैदेशिक रोजगारमा जाने नेपाली

काठमाडौं : यस वर्षको वैशाखभन्दा जेठ महिनामा वैदेशिक रोजगारीमा जाने कामदारको संख्यामा कमी आएको छ । वैशाख महिनामा ७४ हजार ४ सय २९ जना नेपाली वैदेशिक रोजगारीमा गएकोमा जेठ महिनामा करिब १४ हजारले कमी आएको छ ।

ncell

वैदेशिक रोजगार विभागका अनुसार जेठमा ६१ हजार ७२ जनाले मात्रै वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन् ।

जेठमा म्यानपावर कम्पनीहरूमार्फत १९ हजार ४ सय ५५ जनाको श्रम स्वीकृति भएको छ । वैशाख महिनामा म्यानपावर कम्पनीबाट २६ हजार ४ सय ३३ जनाको श्रम स्वीकृति भएको थियो ।

व्यक्तिगत र जिटुजीमार्फत १२ हजार १ सय ५२ जनाको श्रम स्वीकृति भएको छ । जेठमा  २९ हजार ३ सय ७१ जनाले पुनः श्रम स्वीकृति लिएका छन् भने ९१ जनाले वैधानीकरण गरेका छन् ।

जेठमा वैशाखमा जस्तै सबैभन्दा बढी नेपाली मलेसिया गएका छन् । मलेसियाका लागि जेठमा ८ हजार १ सय ७९ जनाको श्रम स्वीकृति भएको छ । दोस्रोमा रहेकोे युएईका लागि ५ हजार ९४ जना, कतारका लागि २ हजार ८ सय ८३ जना, साउदीका लागि २ हजार ५ सय ९८ जना र युरोपेली मुलुक रोमानियाका लागि २ हजार १ सय २६ जनाले श्रम स्वीकृति लिएका छन् ।

ताजा खबर

सम्बन्धित खबर