२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

भ्रष्टाचार आरोपी चुडामणि शर्माले गरे आत्मसमर्पण

ADV
शिव विक
२०८१ साउन २६ गते ०६:४५
भ्रष्टाचार आरोपी चुडामणि शर्माले गरे आत्मसमर्पण

काठमाडौं : भ्रष्टाचार आरोपी चुडामणि शर्माले गरे आत्मसमर्पण गरेका छन् । विगतमा विशेष अदालतबाट भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका सहसचिव शर्माले शुक्रबार डिल्लीबजार कारागारमा आत्मसमर्पण गरेका हुन् ।

कारागारमा उपस्थित भएलगत्तै शर्माले सर्वोच्च अदालतमा पुनरावेदन गरेका छन् । विशेष अदालतको फैसला उल्ट्याउनुपर्ने माग राखी उनले सर्वोच्च अदालतमा पुनरावेदन गरेका हुन् ।

बिगो र जरिवानावापतको रकम धरौटी राखेर मात्रै मुद्दामा पुनरावेदन गर्न पाइने व्यवस्था छ । तर, शर्माले करिब ६ अर्ब रुपैयाँ धरौटी राख्न सकेनन् । त्यसपछि उनले थुनामा बसेरै पुनरावेदन गरेका हुन् । 

५ असार २०८० मा विशेष अदालतबाट कर फस्यौटमा शर्मासहित तीन जना पदाधिकारीलाई दोषी ठहर भएका छन् । उनीहरूलाई ९ वर्षका दरले कैद सजाय हुने फैसला भएको थियो । 

त्यसबेला कर फस्र्यौट आयोगका अध्यक्ष लुम्बध्वज महत, सदस्यहरु उमेश ढकाल र सदस्य सचिव रहेका आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मा दोषी ठहर भएका हुन् । 

विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, सदस्यहरु यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले आयोगको कामकारबाहीबाट ६ अर्ब १५ करोड ७० लाख ४६ हजार ८४९ रुपैयाँ भ्रष्टाचार भएको ठहर गर्दै त्यसलाई तीन जना आरोपीबाट बिगो भराउने आदेश गरेको थियो ।

विशेष अदालतबाट भ्रष्टाचारको आरोपमा दोषी ठहर भएका व्यक्तिहरुले सर्वोच्च अदालतमा पुनरावेदन गर्न पाउने व्यवस्था छ । पुनरावेदन गर्दा उनीहरुले बिगो र जरिवाना बापतको रकम धरौटी बुझाउनुपर्छ । अनि कैद तोकिएको अवस्थामा हरेक दिनको ३ सय रुपैयाँका दरले थप धरौटी जम्मा गर्नुपर्छ ।        

बिगो र जरिवाना गरेर हरेकको भागमा ६ अर्ब १६ करोड ४० लाख ९६ हजार ८४७ रुपैयाँ परेको थियो । तोकिएको धरौटी बुझाउन नसक्ने अवस्था भएमा दोषी ठहर भएकाहरु थुनामै बसेर पुनरावेदन गर्न पाउँछन् । यही व्यवस्था अनुसार शर्माले थुनामा बसेरै पुनरावेदन गरेका हुन् ।

ADVADV

सम्बन्धित खबर

Advertise