२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

व्यवसायीहरूद्वारा मदरल्यान्ड स्किल एकेडेमी घेराउ

Nada
२०८३ असार ३ गते १५:२०
Shares
व्यवसायीहरूद्वारा मदरल्यान्ड स्किल एकेडेमी घेराउ

काठमाडौं : वैदेशिक रोजगार व्यवसायीहरूले साउदी अरेबिया जाने कामदारको सीप प्रमाणीकरण स्किल सर्टिफिकेसनमा सिन्डिकेट गरेको भन्दै धापासीस्थित मदरल्यान्ड स्किल एकेडेमी घेराउ गरेका छन् ।

ncell

नेपाल वैदेशिक राेजगार व्यवसायी संघको नेतृत्वमा भएको एकेडेमी घेराउमा व्यवसायीले विपन्न अवस्थामा रहेका कामदारको आर्थिक शाेषण गर्न नपाइने भन्दै नारावाजी गरेका थिए । केही व्यवसायीले एकेडेमी गेटमा रहेका प्रचार सामग्री ताेडफाेड गरिदिएका थिए ।

आक्राेसित व्यवसायी एकेडेमी पुग्दा सञ्चालक कार्यालयमा नभेटिएपछि संघका प्रतिनिधिले दबा दिएर बुधबारका सीप परिक्षण कार्यक्रम स्थगित गराई थप रणनीतिको तयारीका लागि सिफलस्थित कार्यालय पुगेका छन् ।

ताजा खबर

सम्बन्धित खबर