२०८३ असोज २७ गते मङ्गलवार / Oct 13 , 2026 , Tuesday
२०८३ असोज २७ गते मङ्गलवार

बाँफिकोट गाउँपालिकाको २०औं गाउँसभा सम्पन्न

Nada
प्रचण्ड खत्री
२०८३ असार ४ गते १९:०३
Shares
बाँफिकोट गाउँपालिकाको २०औं गाउँसभा सम्पन्न

रुकुम पश्चिम : रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाको २०औं गाउँसभा सम्पन्न भएको छ । गाउँपालिकाको स्मृति भवनमा आयोजित सभामा आगामी आर्थिक वर्षका लागि नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरिएको हो ।

ncell

गाउँपालिका अध्यक्ष जनककुमार बाँठा मगरले सभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। यस्तै, उपाध्यक्ष तारा बुढा केसीले आगामी आर्थिक वर्षको बजेट पेस गरिन् ।

सभामा प्रस्तुत बजेटअनुसार गाउँपालिकाले चालु खर्चतर्फ ३६ करोड ६५ लाख रुपैयाँ विनियोजन गरेको छ । त्यस्तै पुँजीगत खर्चतर्फ १३ करोड ५९ लाख ६ हजार ६०६ रुपैयाँ बजेट प्रस्ताव गरिएको छ ।

गाउँसभाले राजस्व वृद्धिका लागि करको दायरा विस्तार गर्ने नीति पनि अघि सारेको छ । यसअन्तर्गत मालपोत कर तथा विभिन्न प्रकारका सिफारिस सेवामा लाग्ने शुल्क र करसमेत वृद्धि गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँसभामा प्रस्तुत नीति, कार्यक्रम र बजेटमाथि छलफल गरी आवश्यक निर्णयहरू समेत गरिएको जनाइएको छ ।

ताजा खबर

सम्बन्धित खबर