२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

लाेकतान्त्रिक एसोसिएसनकाे साधारणसभा हुँदै, नयाँ नेतृत्वका लागि रस्साकस्सी

Nada
२०८३ असार ५ गते ०६:१५
Shares
लाेकतान्त्रिक एसोसिएसनकाे साधारणसभा हुँदै, नयाँ नेतृत्वका लागि रस्साकस्सी

काठमाडौं : नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको नयाँ कार्यसमितिको निर्वाचनको टुंगो शुक्रबार मात्रै लाग्ने भएको छ । साधारण सभा तथा निर्वाचनका लागि खटिएका पार्टीका प्रतिनिधि सहमहामन्त्री प्रकाश रसाइली स्नेहीले शुक्रबार साधारण सभा उद्घाटन हुने, तर कार्यसमिति निर्वाचनबारे पार्टी कार्यालयमा बिहान छलफल गरेर मात्रै टुंगोमा पुगिने मध्यान्हलाई बिहीबार सॉझ जानकारी दिए ।

ncell

बिहीबार सहमहामन्त्री रसाइली र केन्द्रीय सदस्य सुवास पोखरेलले एसोसिएसनको  साधारण सभा र नयाँ  नेतृत्व चयनका लागि अध्यक्ष दीपक थापा र पूर्वअध्यक्षहरूलगायतसंग लामो छलफल गरेका थिए । अध्यक्ष थापा तथा पूर्वअध्यक्षहरूले सहमतिको प्रयास गरेपनि व्यवसायीले प्रतिस्पर्धाका आधारमा नेतृत्व लिन चाहेपछि निर्वाचन हुने ठानिएको थियो ।

एसोसिएसनमा अध्यक्षसहित प्रथम, द्वितीय र तृतीय उपाध्यक्ष, महासचिव, सचिव, सहसचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष गरी ९ पदाधिकारी र १० सदस्य गरी कार्यसमितिमा १९ जनाको निर्वाचन हुनेछ भने ४ जना कार्यसमिति सदस्य निर्वाचित अध्यक्षले मनोनयन गर्ने व्यवस्था रहेको छ ।

अध्यक्ष थापाले यसपटक सहमतिमा नेतृत्व चयन गर्न सके विगतदेखि बनेका फरक–फरक गुट समाप्त भई संस्था बलियो हुने र नयाँ व्यवसायीहरू पनि एसोसिएसनमा आबद्ध हुने भएकाले सहमतिको प्रयास गरिएको बताए । 

अध्यक्षका लागि वर्तमान वरिष्ठ उपाध्यक्ष रामप्रसाद गैरे, पूर्वउपाध्यक्ष किशोरकुमार केसी, उपाध्यक्ष सेमन्त न्यौपानेको  चर्चा छ । कतिपयले मनोनयन दर्ताको अन्तिम समयमा मात्रै उम्मेदवार टुंगो लाग्ने दाबी गरेका छन् ।

अध्यक्षका प्रत्यासी किशोर केसीले प्रक्रिया अघि बढेको अवस्थामा त्यसलाई राेक्नु अप्रजातान्त्रिक हुने भन्दै शुक्रबारकाे निर्वाचन नराेकिने बताए । उनलेे भने, 'हल्ला मात्रै हाे, लाेकतान्त्रिक एशाेसिएसनमा आस्थाराख्ने साथीहरू तयारी हुनुहुन्छ , साथीहरू लेबी बुझाएर प्रतिनिधि पठाइसक्नु भएको छ, कुनै पनि हालतमा कार्यसमितिको निर्वाचन हुन्छ ।'

पूर्वउपाध्यक्ष केसीले भने बिहीबार साँझ औपचारिक कार्यक्रम गरेर नयाँ नेतृत्वका लागि प्यानल सार्वजनिक गरेका छन् । केसी नेतृत्वको प्यानलमा शिवकुमार कार्की प्रथम उपाध्यक्ष, हर्कराज लिम्बू द्वितीय उपाध्यक्ष तथा सोमबहादुर तामाङ तृतीय उपाध्यक्षका उम्मेदवार रहेका छन् । यस्तै अभिनयमान सिंह बस्नेत महासचिव, नारायण भुसाल सचिव, शिवप्रसाद चालिसे सहसचिव, राधा केसी कोषाध्यक्ष तथा दीपककाजी खड्का सहकोषाध्यक्षको उम्मेदवार रहेका छन् ।

सो प्यानलबाट सदस्य पदका उम्मेदवारहरूमा फडिन्द्र कुमार केसी (प्रशान्त खतिवडा), विजय गौली, शेरबहादुर गुर्बाछान, नवीन क्षेत्री पौड्याल, भुपेन्द्र भट्टराई, लक्ष्मीप्रसाद तिवारी (राजु), बिन्दालाल साह, सुवास भट्टराई र विष्णु सापकोटा रहेका छन् ।

एसोसिएसनमा ३ सय ५० व्यवसायीले साधारण सभाका लागि लेबी तिरेर अद्यावधिक गरेको बताइएको छ । तर निर्वाचन समिति संयोजक मचिन्द्र शेर्माले बिहीबार साँझसम्म नामावली नपाएको मध्यान्हलाई बताए । एसोसिएसनमा निर्वाचित कार्यसमितिको कार्यकाल दुई वर्षको हुने व्यवस्था रहेको छ ।

ताजा खबर

सम्बन्धित खबर