२०८३ असोज २७ गते मङ्गलवार / Oct 13 , 2026 , Tuesday
२०८३ असोज २७ गते मङ्गलवार

तिल्चा खोलामा मोटरेबल पुल निर्माण अन्तिम चरणमा

Nada
प्रचण्ड खत्री
२०८३ असार ५ गते १२:५०
Shares
तिल्चा खोलामा मोटरेबल पुल निर्माण अन्तिम चरणमा

रुकुम पश्चिम : बाँफिकोट गाउँपालिका–३ को सिम र वडा नं. ४ को बालुवाचौरबीच रहेको तिल्चा खोलामाथि निर्माणाधीन मोटरेबल पुलको काम अन्तिम चरणमा पुगेको छ । पुल निर्माणको करिब ९० प्रतिशत काम सम्पन्न भइसकेको निर्माण पक्षले जनाएको छ ।

ncell

पूर्वाधार विकास कार्यालयमार्फत निर्माण भइरहेको उक्त पुलको ठेक्का ज्वालामुखी–हिमशिखर–हिरा कन्स्ट्रक्सन जेभीले लिएको हो । कम्पनीले मूल्य अभिवृद्धि कर (भ्याट) सहित ८ करोड २० लाख रुपैयाँमा निर्माणको जिम्मा पाएको थियो ।

निर्माण कार्य गत वर्ष भदौ १८ गतेबाट सुरु भएको थियो । निर्धारित समयभन्दा छिट्टै काम सम्पन्न हुने अवस्थामा पुगेको भन्दै स्थानीयवासीले निर्माणको गति र प्रगतिप्रति सन्तुष्टि व्यक्त गरेका छन् ।

पुल निर्माणको सम्झौता २०८४ सालको मसान्तसम्म सम्पन्न गर्ने गरी भए पनि करिब एक वर्षअघि नै काम सकिने अवस्थामा पुगेको साइट इन्चार्ज मानबहादुर खड्काले बताए । उनका अनुसार पछिल्लो समय निर्माण कार्यले तीव्रता पाएपछि काम अपेक्षाभन्दा छिटो अघि बढेको हो ।

अब करिब दुई महिनाभित्र बाँकी काम सम्पन्न गरी पुल पूर्वाधार विकास कार्यालयलाई हस्तान्तरण गर्ने तयारी रहेको खड्काको भनाइ छ ।

स्थानीयवासीका अनुसार निर्माण कम्पनीले पछिल्लो समय कामलाई तीव्रता दिएको छ भने निर्माणको गुणस्तर पनि सन्तोषजनक रहेको छ । पुल सञ्चालनमा आएपछि बाँफिकोटका विभिन्न बस्तीबीचको आवागमन सहज हुने अपेक्षा गरिएको छ ।

ताजा खबर

सम्बन्धित खबर