२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

लोकतान्त्रिक एसोसिएसनकाे नयाँ कार्यसमितिको निर्वाचनका लागि मतदान सुरु

Nada
२०८३ असार ५ गते १७:४४
Shares
लोकतान्त्रिक एसोसिएसनकाे नयाँ कार्यसमितिको निर्वाचनका लागि मतदान सुरु

काठमाडौं : नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनकाे नयाँ कार्यसमितिको निर्वाचनका लागि मतदान सुरु भएको छ । शुक्रबार कांग्रेसका महामन्त्री प्रदीप पाैडलले उद्घाटन गरेको १३औं महाधिवेशनकाे बन्द सत्र सकिएपछि शुक्रबार साँझ साढे ५ बजेबाट मतदान सुरु भएको हाे ।

ncell

निर्वाचनका लागि निवर्तमान द्वितीय उपाध्यक्ष किशोर केसी र रामप्रसाद गैरेको नेतृत्वमा  दुई प्यानल बनेका छन् । एसोसिएसनमा अध्यक्षसहित प्रथम, द्वितीय र तृतीय उपाध्यक्ष, महासचिव, सचिव, सहसचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष गरी ९ पदाधिकारी र १० सदस्य गरी कार्यसमितिमा १९ जनाको निर्वाचन हुनेछ भने ४ जना कार्यसमिति सदस्य निर्वाचित अध्यक्षले मनोनयन गर्ने व्यवस्था रहेको छ । 

किशोर कुमार केसी नेतृत्वको प्यानलबाट प्रथम उपाध्यक्ष  शिव कुमार  कार्की द्वितीय उपाध्यक्ष हर्कराज लिम्बू , तृतीय उपाध्यक्ष  सोम बहादुर तमाङ र महासचिव अभिनयमान सिंह बस्नेत, सचिव  नारायण भुसाल,सह सचिव शिव प्रशाद चालिसे, कोषाध्यक्ष राधा केसी,सह कोषाध्यक्ष  दिपक काजी खड्का, सदस्य फडिन्द्र कुमार के.सि (प्रशान्त खतिवडा), बिजय गौली, शेर बहादुर गुर्बाछान, नवीन क्षेत्री पौड्याल ,भुपेन्द्र भट्टराई ,लक्ष्मी प्रशाद तिवारी ( राजु), बिन्दालाल साह, सुवास भट्टराई र बिष्णु सापकोटा उम्मेदवार रहेका छन् ।

अध्यक्षका अर्का प्रत्यासी राम प्रसाद गैरे प्यानलबाट प्रथम उपाध्यक्ष सुबर्ण लामा,द्वितीय उपाध्यक्ष विजय कुमार कार्की ,तृतीय उपाध्यक्ष हीरा बुढाथोकी, महासचिव सुमन राज पांडे , सचिव  हेमा गुरुङ, सह सचिव  जगत गुरुङ,कोषाध्यक्ष भीम कुमारी कार्की, सह कोषाध्यक्ष कैलाश पाठक , सदस्यमा धर्मनन्द कोइराला ,ओम सिवाकोटी  राजेश मैनाली ,मिलन पोखरेल , विक्रम खतिवाड़ा पुण्य कुमार श्रेष्ठ ,बीर बहादुर भोलन, उर्मिला लामार  साहिद क़वारी उम्मेदवार रहेका छन् । ३ सय १५ व्यवसायी मतदाता रहेका छन् ।

ताजा खबर

सम्बन्धित खबर