२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

इजरायल जान आवेदन दिएकाहरूलाई विभागको उर्दी

Nada
२०८३ असार ६ गते ०६:१५
Shares
इजरायल जान आवेदन दिएकाहरूलाई विभागको उर्दी

काठमाडौं : वैदेशिक रोजगार विभागले इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदारका रूपमा जान आवेदन दिएका आवेदकले असार १४ गतेभित्र प्रहरी रिपोर्ट पेस गर्नुपर्ने बताएको छ ।

ncell

विभागले शुक्रबार सूचना जारी गर्दै असार ७ गतेसम्म आवेदन दिने योग्य उम्मेदवारमध्ये केहीले तोकिएको समयभित्र प्रहरी रिपोर्ट प्राप्त गर्न नसक्ने अवस्था देखिएकाले थप समय उपलब्ध गराइएको जनाएको हो ।

विभागका अनुसार इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा नेपाली सहायक कामदार पठाउनका लागि आह्वान गरिएको आवेदनको म्याद असार ७ गते राति १२ बजेसम्म कायम छ । तर आवश्यक कागजात तयार गरी भाषा परीक्षाको मापदण्ड पूरा गरेका आवेदकहरूले समयमै प्रहरी रिपोर्ट प्राप्त गर्न नसक्ने सम्भावना रहेको भन्दै विभिन्न माध्यमबाट गुनासो प्राप्त भएको थियो ।

हेलो सरकारलगायतका माध्यमबाट प्राप्त गुनासोका आधारमा विभागले प्रहरी रिपोर्ट पेस गर्न थप समय दिने निर्णय गरेको जनाएको छ । विभागका अनुसार आवेदनको अन्तिम म्यादभित्र प्रहरी रिपोर्ट प्राप्त नभएका, तर आवेदनका लागि आवश्यक अन्य योग्यता पूरा गरेका उम्मेदवारले असार १४ गते राति १२ बजेसम्म प्रहरी प्रतिवेदन पेस गर्न सक्नेछन् ।

विभागले तोकिएको समयभित्र प्रहरी रिपोर्ट पेस नगरे आवेदन स्वतः अस्वीकृत हुने स्पष्ट पारेको छ ।

ताजा खबर

सम्बन्धित खबर