२०८१ असोज ५ गते शनिवार / Sep 21 , 2024 , Saturday
२०८१ असोज ५ गते शनिवार

नियम विपरीत बनेका संरचना भत्काइँदै

ADV
मध्यान्ह
२०८१ साउन २६ गते १२:१२
नियम विपरीत बनेका संरचना भत्काइँदै

कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका ११ स्थित कलुवापुर–बेलौरी सडकको क्षेत्राधिकार भित्र बनाइएका भौतिक संरचना हटाइने भएको छ । सडकको दायाँ बाँया १५ मिटरको क्षेत्रमा बनाइएका खोका, छाप्रा, टहरा, ठेला, व्यावसायिक सामग्री, प्रचार प्रसारका सामग्री, पक्की भौतिक संरचना लगायत हटाउन लागिएको हो । सडक क्षेत्राधिकार भित्रका संरचना हटाउनका लागि तीन दिने सार्वजनिक सूचना प्रकाशित गरी सम्बन्धित व्यक्तिहरूलाई जानकारी दिने कार्य गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्टले जानकारी दिए। 

 उनका अनुसार यही साउन २७ गतेदेखि अवैध रूपमा निर्माण गरिएका संरचना हटाउन सुरु गरिने छ । “सडक अतिक्रमण हुँदा सवारी साधनको आवागमनमा असहज हुँदा दुर्घटनाको जोखिम उच्च रहेको छ” उनले भने, “सडकको सुन्दरतामा समेत प्रतिकूल असर परेको छ ।” 

सूचनाको अवज्ञा गरी अवैध संरचना सम्बन्धित पक्षले नहटाइए प्रचलित कानुन अनुसार कारबाही प्रक्रिया अगाडी बढाइने उनले बताए। सडक अतिक्रमण हुँदा पानीको निकास थुनिएर बजार क्षेत्र जलमग्न हुने गरेको छ । सम्भावित सङ्क्रामक रोगहरू फैलिन सक्ने उच्च सम्भावना बढेर गएपछि नगरपालिको अवैध संरचना हटाउनका लागि गाडी बढाएको बताइएको छ । 

दुई दिन अघि मात्रै नगरपालिकाले थुनिएको पानीको निकास अस्थायी रूपमा खोलेको थियो । पानीको निकास हुने ठाउँमा पक्की भौतिक संरचना निर्माण गरिदा दिगो व्यवस्थापन हुन सकेको छैन । यस अघि नगरपालिकाले पूर्व पश्चिम राजमार्गको झलारी, वन समिति लगायत बजारका अवैध सडक क्षेत्र अतिक्रमण गरी बनाइएका भौतिक संरचना हटाएको थियो ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise