२०८१ असोज ५ गते शनिवार / Sep 21 , 2024 , Saturday
२०८१ असोज ५ गते शनिवार

नेवाद्वारा खानेपानी पहुँच विस्तार

ADV
मध्यान्ह
२०८१ साउन २६ गते १२:५२
नेवाद्वारा खानेपानी पहुँच विस्तार

म्याग्दी :  म्याग्दीको मालिका, मंगला र धवलागिरी गाउँपालिकाका नौसय ५० घरधुरीमा निजी धारा जडान गरेर खानेपानी पहुँच विस्तार गरिएको छ ।  नेपाल स्वास्थ्यको लागि पानी (नेवा), स्थानीय तह र समुदायको लागत साझेदारीमा निर्माण भएका आयोजनाहरुबाट सात हजार सात सय ६२ जनसंख्या लाभान्वित भएका छन् । कुल रु. पाँच करोड ९१ लाख ४५ हजार आठ सय २९ को लागतमा खानेपानी आयोजनाहरु निर्माण भएका नेवाको गण्डकी प्रदेश कार्यालयले जनाएको छ । 

नेवाका प्रदेश प्रमुख रमेश दाहालका अनुुसार आयोजनाको कार्यक्षेत्रका सबै घरधुुरीमा निजी धाराका साथै विद्यालय, स्वास्थ्य संस्था र सामुदायिक भवनमा पनि थप १९ धारा जडान गरिएको छ । 

मालिका गाउँपालिका-२ को ठूलोरुममा दुई सय ७०, कलात भनारीमा ७३ र बिलवाङमा ६४ घरधुरीमा ‘एक घर, एक धारा’ जडान गरिएको मालिका–२ का वडाध्यक्ष उदय बुढाथोकीले जानकारी दिए । मालिकाकाको बिम डाँडागाउँ, दास, सिरेदी खोप्टी र जनप्रिय माध्यमिक विद्यालयमा निर्माण भएको खानेपानी आयोजनाबाट २३६ धारा जडान भएको छ । धवलागिरी गाउँपालिका–२ को लमसुङ र वडा नं. ४ खाम्लामा १०८ घरधुरीमा खानेपानी जडान भएको छ । 

मंगला - १ खानीगाउँमा ३७, वडा नं. २ खुम्लीया, ¥यालेखोर, भाइवाङका १०० र हिदीका ६४ घरमा निजी धारा जडान भएको नेवाका प्राबिधिक गोर्खबहादुर शाहीले बताए । नेवाले रु. दुई करोड ८९ लाख ७० हजार नौ सय ५१ र स्थानीय तहहरुले रु. एक करोड २५ लाख ९३ हजार २३ लगानी गरेका छन् ।  रु एक करोड ४८ लाख ६६ हजार चार सय ४० बराबरको श्रमदान गरेका उपभोक्ताहरुले रु. २७ लाख १५ हजार चार सय १५ नगद लगानी गरेका नेवाले जनाएको छ । हिदी खानेपानी उपभोक्ता समितिका अध्यक्ष दलबहादुर पुनले घरघरका धारामा पानी आउन थालेपछि सार्वजनिक धारा, कुवा, पधेरामा धाउदा हुने समयको बचतको साथै सहज भएको बताए । 

व्यवस्थित रुपमा वितरण भएपछि पानीको मितव्ययी प्रयोग हुन थालेको छ । पानीका कारणले समाजमा विवाद हुन छाडेको छ । सबैले आवश्यकता अनुसार भनेको समयमा पानी प्रयोग गर्न पाएका छन् ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise