२०८३ असोज ८ गते बिहिवार / Sep 24 , 2026 , Thursday
२०८३ असोज ८ गते बिहिवार

कोरिया-नेपाल कुटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष पुगेको अवसरमा वृक्षारोपण

Nada
२०८१ साउन २६ गते १६:११
Shares
कोरिया-नेपाल कुटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष पुगेको अवसरमा वृक्षारोपण

काठमाडौं : गणतन्त्र कोरिया र नेपालबीच कुटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष पुगेको अवसरमा वृक्षारोपण कार्यक्रम आयोजना गरिएको छ । कुटनीतिक सम्बन्ध स्थापनाको ५०औं वार्षिकोत्सवको अवसरमा जनवरीदेखि हरेक महिना विभिन्न कार्यक्रम गर्दै आएको नेपालस्थित गणतन्त्र कोरियाली दूतावासले अगष्ट महिनाको शुरुवातमा वृक्षाराेपण कार्यक्रम गरेको हो ।

ncell

दूतावसले जनवरी महिनामा ५०औं वार्षिकोत्सवको लोगो समुद्घाटन तथा कोरियामा रोजगारीको अनुभव भएका २६ वटा वास्तविकतामा आधारित सफल व्यावसायिक कथाहरु समावेश गरिएको पुस्तक प्रकासनमा ल्याएको थियो । उक्त पुस्तकको माध्यमबाट वैदेशिक रोजगारीको अनुभव भएका व्यक्तिहरुले नेपालमा फर्किएर उद्योगीको भूमिकामा रही नेपालमा रोजगारी सिर्जनाका साथै देशको अर्थतन्त्रका लागि योगदान गर्न सक्ने दूतावसको बुझाइ रहेको छ ।

यस्तै फेब्रुअरी महिनामा कोरियाबाट नेपाललाई सहयोगका रुपमा उपलब्ध गराइएका १०१ वटा उच्च नश्लका गाईले बाच्छीहरु जन्माउने क्रम शुरु भइ नेपालको दुग्ध क्षेत्र विकासमा ठूलो सहयोग मिल्ने अपेक्षा गरिएको दूतावासले बताएको छ । सोही अवसरमा नेपालका लागि कोरियाली राजदूतलगायत दूतावासको टोलीले सिन्धुलीको कमलामाई भ्रमण गरेर महिला कृषकलाई बाच्छी हस्तान्तरण गरेको थियो । 

मार्च महिनामा कोरियाली दूतावासले नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको एक्स्पोमा कोरियाली कम्पनीको विभिन्न बुथका माध्यमबाट भाग लिनुका साथै (फोकस कन्ट्री)का रुपमा सहभागिता जनाएको थियो ।

अप्रिल महिनामा कोरिया नेपाल संयुक्त पर्वतारोहण टोलीले ५०औं वर्षगाँठको उपलक्ष्यमा जुगल हिमालको सफल आरोहण सम्पन्न गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीलगायत उच्च पदस्थ व्यक्तिहरुको उपस्थितिमा संयुक्त आरोहण टोलीलाई बधाई दिने कार्यक्रम गरिएको थियो । 

मे महिनामा नेपालका प्रतिष्ठित पत्रकारहरुको भेला गरी विगत ५० वर्षमा कोरिया र नेपालबीच सम्पन्न भएका आयोजना, हाल सञ्चालनमा रहेका आयोजना तथा भविष्यमा सञ्चालन हुने विकास साझेदारी कार्यक्रमका बारेमा जानकारी गराउने कार्य सम्पन्न गरिएको दूतावासको भनाइ छ ।

जुन महिनामा कोरियाबाट प्रख्यात के-पप दोली तथा के टाइगर टोलीले नेपालका दर्शकमाझ आफ्नो कला क्षमता प्रस्तुत गरेर हजारौं दर्शकलाई मनोरञ्जन प्रदान गरेको थियो । सोही महिनामा कोरियाली भाषा वक्तित्वकला तथा हाजिरी जवाफ कार्यक्रम आयोजना गरिएको दूतावासले बताएको छ । 

जुलाई महिनामा नेपालमा रहेका कोरियाली पप संगितका पारखीहरुको के-पप नृत्य तथा सांगितीक कार्यक्रम आयोजना गरेर प्रथम स्थान हासिल गर्ने टोलीको भिडियो बनाइ अन्तिम छनोटका लागि कोरिया पठाइएको दूतावासको भनाइ छ ।

ताजा खबर

सम्बन्धित खबर