२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

मौलिकताले भरिएको तिज गीत ‘माइतीघर’

ADV
किस्ना आचार्य रोशनी
२०८१ साउन २६ गते १९:४७
मौलिकताले भरिएको तिज गीत ‘माइतीघर’

काठमाडौं : गीतको गुञ्जन कानमा पर्दा मुटुमा तिजको तरंग उत्पन्न हुने, सुन्दै तिज लागेको अनुभूति हुने गीत ‘माइतीघर’ । कानमा ‘माइतीघर’को गुञ्जनले साँच्चिकै तिजको झल्को गराउँदो रहेछ । यतिबेला तिज नजिकिँदै गर्दा सयौं तिज गीतहरु बजारमा आएका छन् ।

बजारमा आएका कति गीतहरु तिजभन्दा बेग्लै कथा र प्रसंगमा भएका कारण कतिले गाली खाइरहेका छन् भने कति गुमनाम छन् । अहिलेसम्म बजारमा आएका गीतमध्ये एकाध गीतहरुले दर्शक स्रोताको माया पाएका छन् । पर्व गीतका रुपमा गाइने तिज गीतका सन्दर्भमा अधिकांश गीत तिजको प्रसंग बाहिरका छन् ।

मौलिक तिज गीतको खडेरी परिरहेका बेला ‘माइतीघर’ नामक तिज गीत साँच्चिकै मौलिकताको भारी बोकेर बजारमा आएको छ । गायिका सीता परियारको स्वरमा सजिएको यो गीत विशुद्ध तिजसँग समर्पित छ ।

खासगरी लाइभ दोहोरी त्यसमा पनि प्रतियोगितामा आफूलाई अब्बल सावित गरिसकेकी गायिका परियारको स्वरमा सजिएको यस गीतले साँचिक्कै चेली र माइतीको वास्तविक माया र यो चाडसँग जोडिएको परम्परागत संस्कारलाई मन छुने गरी प्रस्तुत गरेको छ । दोस्रो विष्णु माझी भनेर चिनिने परियारले यस गीतमा विष्णु माझीको झल्को मेटिने गरी स्वर सजाएकी छिन् ।

शब्द भाव र लयका हिसाबले पनि अब्बल रहेको यो गीतको शब्द तथा संगीत पूर्ण परियारले सिर्जना गरेका हुन् । कृष्ण केसीको संगीत संयोजन, श्यामश्वेत रसाइलीको मिक्सिङ मास्टरिङ रहेको यो गीतमा विशाल घिमिरेको निर्देशन, मुकेश नेपालीको कोरियोग्राफी रहेको छ भने अजय रेग्मीको छायाँकन तथा अमृत चापागाईंको सम्पादन रहेको छ । गीतको भिडियोमा स्मारिका ढकालको नृत्य तथा अभिनय रहेको छ ।

नेपाली लोकसंगीतका दिग्गज कलाकारहरूदेखि दर्शक स्रोताहरुसम्मले यो गीतको प्रशंसा गर्दै सामाजिक सञ्जालमा गीत शेयर गरिरहेका छन् । यो गीत सीता परियार युट्युब च्यानलमार्फत डिजिटल बजारका सबै प्लेटफर्महरुमा उपलब्ध रहेको छ ।


ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise