२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

परियार मित्रता समाज कतारको पाँचौं अधिवेशन सम्पन्न, नेतृत्वमा सुमन सर्वसम्मत

ADV
तिलु शर्मा पौडेल
२०८१ साउन २६ गते २०:४७
परियार मित्रता समाज कतारको पाँचौं अधिवेशन सम्पन्न, नेतृत्वमा सुमन सर्वसम्मत

दोहा कतार : परियार मित्रता समाज कतारको पाँचौं अधिवेशन सम्पन्न भएको छ  । दुई चरणमा सम्पन्न अधिवेशनको बन्द सत्रबाट सुमन नेपाल परियारको अध्यक्षतामा तेह्र सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ ।

समाजको आगामी एक कार्यकालका लागि सर्वसम्मत निर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा गुप्त परियार, उपाध्यक्ष बालन परियार, महिला उपाध्यक्ष अनिता परियार, महासचिव प्रताप चाहार, सचिव प्रकाश परियार, कोषाध्यक्ष छविलाल परियार र सह कोषाध्यक्ष सालिक परियार रहेका छन् । 

त्यस्तै कार्यसमिति सदस्यहरूमा अमरसिंह परियार, श्याम परियार, विनोद परियार, रिया परियार र पुनम परियार रहेका छन् । सर्वसम्मत निर्वाचित कार्यसमितिलाई निर्वाचन समितिका संयोजक बालकृष्ण भित्रिकोटीले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए ।

विविध सांगीतिक प्रस्तुति सहित सम्पन्न अधिवेशनको खुल्ला सत्र समाजकी का.वा. अध्यक्ष उषा परियारको अध्यक्षता तथा कतारका लागि नेपाली का.वा. राजदूत कुमार राईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । खुल्ला सत्रमा कतारमा स्थापित विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि सहित विभिन्न व्यक्तित्वहरूको उपस्थिति र शुभकामना मन्तव्य रहेको थियो । कार्यक्रममा दर्जन भन्दा बढी वक्ताहरूले आफ्ना शुभकामना मन्तव्य राखेका थिए भने समाजका महासचिव सुनिल परियारले पेस गरेको संस्थागत प्रगति प्रतिवेदनको सह्राना गरेका थिए । 

आफ्नो शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि राईले नेपाल बहुभाषिक बहुधार्मिकका रूपमा संविधानमा उल्लेख गरिएतापनि २१ औ शताब्दीमा पनि जातियताका नाममा विभेद देखिएको हुँदा राज्य अझै गम्भीर बन्नुपर्ने बताए । उनले राज्यले पुन एक पटक  सोच्नै पर्ने समय आएको बताए ।

पञ्चेबाजालाई पूजा गर्दै शुभारम्भ गरिएको अधिवेशनमा कतारमा स्थापित दर्जन भन्दा बढी कलाकारले सांगीतिक प्रस्तुति दिएका थिए । अधिवेशन मार्फत समाजका संरक्षक, प्रमुख सल्लाहकारसहित समाजलाई विभिन्न कालखण्डमा सहयोग गर्ने सहयोगी, पत्रकार, कलाकार तथा खेलाडीहरूलाई सम्मान गरिएको थियो । 

अधिवेशनको खुल्ला सत्रमा समाजका संस्थापक सह–कोषाध्यक्ष सुमन नेपालले स्वागत मन्तव्य राखेका थिए भने महासचिव परियार र अनिल परियारले मिलेर सहजीकरण गरेका थिए । खुल्ला सत्रको समापन गर्दै अध्यक्ष परियारले हलमा उपस्थितसहित विभिन्न कोणबाट अधिवेशन सफल बनाउन सहयोग गर्ने सबैलाई संस्थागत रूपमा धन्यवाद ज्ञापन गरिन् ।  कार्यक्रममा नौमती बाजा बज्दा माहौल जुरुक्क बनेको थियो भने अधिवेशनमा उपस्थित सबै बाजातालमा झुमेका थिए । 

ADVADV

सम्बन्धित खबर

Advertise