२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

लामाचौरको पहिरो हटाइयो

ADV
प्रचण्ड खत्री
२०८१ साउन २६ गते २०:४९
लामाचौरको पहिरो हटाइयो

रुकुम पश्चिम : रुकुम पश्चिमको बाफिकोट गाउँपालिका वडा नम्बर २ लामाचौरमा आएको पहिरो हटाइएको छ । माओवादीका कार्यकर्ताको सहयोगमा उक्त पहिरो हटाइएको हो । 

वडा नम्बर २ का पदाधिकारी, वडा सदस्य र पार्टीमा आस्था विचार राख्ने कार्यकर्ताले पहिरो हटाएका नेकपा माओवादी रुकुम पश्चिम वडा नम्बर २ का अध्यक्ष धनबहादुर खत्रीले जानकारी दिए । 

यस सडक भएर बाफिकोट गाउँपालिका वडा नं १, २ र पूर्वी रुकुमसम्म गाडी आवात–जावत गर्ने गर्दछन् । वर्षायाममा पहिरो आउँदा आवागमन ठप्प भएको थियो । 

पहिरो खसेको लामो समय भइसक्दा पनि वडा कार्यालय र स्थानीय सरकारले यसको बेवास्ता गरेपछि माओवादी कार्यकर्ताले बाटो खुलाएका हुन् । 

माओवादी केन्द्र बाफिकोट र वडा नं २ वडा कमिटीको विषेश पहलमा जनताको माग र आवश्यकतालाई मध्यनजर गर्दै सडक सुचारु गरिएको हो । वडा नं २ कमिटीले  लामाचौरको पहिरो श्रमदान, मेसिन प्रयोग गरी हटाएको नेकपा माओवादी रुकम पश्चिम बाफिकोटका अध्यक्ष चन्द्रबहादुर केसीको भनाइ छ  । 

ADVADV

सम्बन्धित खबर

Advertise