तिलु शर्मा पौडेल/मध्यान्ह
दोहा, कतार : जागरूक नेपाली खेलाडी युवाहरूले स्थापना गरेको कलेक्सन फुटबल क्लब (सीएफसी) कतारले आयोजना गरेको दोस्रो सीएफसी खुला नकआउट फुटबल प्रतियोगिता कतारमा जारी रहेको छ l गत सेप्टेम्बर २ तारिकबाट शुरु भएको प्रतियोगिता क्वाटरफाइनलको चरणमा पुगेको छ l
गत शुक्रबार राति भएको सीएफसी रेड र हिप्पिज ब्रो क्लबबीचको खेल १-१ गोलको बराबरीमा रोकिएपछि टाई ब्रेकरमार्फत २-४ गोलको अन्तरले हिप्पिज ब्रो टिम विजय भएको छ । खेलको म्यान अफ दि म्याच हिप्पिज ब्रो टिमका गोल किपर साज अर्याल भएका थिए l
शुक्रबार राति नै भएको अर्को खेलमा पेट्रो एफसीले क्युएन एफसीलाई ५ गोलको फराकिलो अन्तरले हराएको थियो । खेलमा पेट्रो एफसीको तर्फबाट सागर केसीले २, आर्यन थापाले २ र सन्जोग खड्काले १ गोल गरेका थिए । उक्त खेलको म्यान अफ दि म्याच आर्यान थापा घोषित भएका थिए ।
प्रतियोगिताको विजेता टिमलाई नगद कतारी रियाल ५ हजार ५ सय ५५, द्वितीय पुरस्कार ३ हजार ३ सय ३३, सर्वोत्कृष्ट खेलाडीहरूलाई ट्रफी तथा सम्मान पत्रद्वारा सम्मान गरिने क्लबका अध्यक्ष देव नारायण चौधरीले मध्यान्हलाई जानकारी दिए l
फाइनल खेल दशैं र तिहारको बीचमा गरिने भएको छ l प्रतियोगितामा कुल १६ टिमको सहभागिता रहेको थियो l
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies