एस.पी.गौरब/मध्यान्ह
सर्लाही, ११ असोज । सर्लाहीको ईश्वरपुर नगरपालिका तीनघरियामा आमा अप्सरा आचार्य दोस्रो मेमोरियल कप फुटबल प्रतियोगिता शुरु भएको छ । ईश्वरपुर नगरपालिकाका नगर प्रमुख मनोजकुमार आचार्यले आफ्नी स्वर्गीय आमा अप्सराको सम्झनामा ईश्वरपुर नगरपालिका तीनस्थित तीनघरियामा मंगलबारबाट आमा अप्सरा आचार्य दोस्रो मेमोरियल कप फुटबल प्रतियोगिता शुरु भएको हो ।
ईश्वरपुर नगरपालिकाका ३ को मनकामना युवा क्लबको आयोजनामा शुरु भएको प्रतियोगितामा आयोजकको ए र बी गरी दुई टिमसहित विभिन्न वडाका गरेर १५ वटा टिमको सहभागिताता रहेको आयोजकले जनाएको छ । इश्वरपुर नगरपालिका २ मियाँखोर र इश्वरपुर नगरपालिका १० बेला खैरावीच प्रतियोगिताको मंगलबार उद्घाटन खेल भएको थियो । उद्घाटन खेलमा इश्वरपुर नगरपालिका २ मियाँखोरले इश्वरपुर नगरपालिका १० बेला खैरालाई २–० गोलले पराजित गरेको आयोजकले जनाएको छ ।
प्रतियोगीताको उद्घाटन कार्यक्रममा इश्वरपुर नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारी र सरस्वती मावि भक्तिपुरका शिक्षक तथा कर्मचारीबीच मैत्रीपूर्ण खेलसमेत भएको इश्वरपुर नगरपालिकाका नगरप्रमुख मनोज कुमार आचार्यले जनाकारी दिए ।
उनका अनुसार मैत्रीपूर्ण खेलमा इश्वरपुर नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारी र सरस्वती मावि भक्तिपुरका शिक्षक तथा कर्मचारीबीच २–२ को बराबरी भएको थियो । असोज १७ गते सम्म चल्ने खेलको बिजेताले रु १ लाख र उपबिजेताले रु ५० हजार नगद पुरस्कार सहित शिल्ड, मेडल र प्रमाण–पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगिताको उद्घाटन समारोहमा नगर प्रमुख आचार्य, उप प्रमुख रन्जितादेवी चौधरी, निवर्तमान नगर प्रमुख मनोजकुमार देवकोटा, विभिन्न वडाका वडाध्यक्ष तथा जनप्रतिनिधिहरु लगायतको विशेष उपस्थिति रहेको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies