२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

कर्णाली योजना आयोगको सदस्यमा कालीकोटबाट योगी नियुक्त

ADV
कमल कुमाल
२०८१ साउन २७ गते ११:२८
कर्णाली योजना आयोगको सदस्यमा कालीकोटबाट योगी नियुक्त

कालीकोट : कर्णाली प्रदेश योजना आयोगको सदस्यमा कालीकोटबाट अशोक नाथ योगी नियुक्त भएका छन् । विगत ३ दशकदेखि सामाजिक क्षेत्रमा काम गर्दै आएका कालीकोटको रास्कोट नगरपालिका-३ का योगी कर्णाली योजना आयोगको सदस्यमा नियुक्त भएका हुन् । 

कर्णाली प्रदेशको समग्र विकासका लागि र कर्णालीवासीको जीवनस्तर उकासेर 'समृद्ध कर्णाली र सुखारी कर्णालीवासी'को नारालाई पूर्णता दिने योजना निर्माण गर्ने मुख्य दायित्वमा योगी पुगेका छन् । सामाजिक जागरण तथा विकास प्रतिष्ठान सादा नेपालका संस्थापक अध्यक्षसमेत रहेका योगीले सन् १९९८  देखि विभिन्न क्षेत्रबाट सामाजिक क्षेत्रमा योगदान पुर्‍याउँदै आएका छन् ।

नेपाली कांग्रेसका युवा नेता, केन्द्रीय सूचना, सञ्चार तथा प्रचार प्रसार विभागका  केन्द्रीय  सदस्य र लोकतान्त्रिक गैरसरकारी संस्था महासंघको केन्द्रीय उपाध्यक्ष, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय एक दर्जन बढी सञ्जालमा रहेर काम गरेको अनुभव बटुलेका योगीलाई उनको क्षमता, योग्यता र योगदानको कदर गर्दै कर्णाली प्रदेश सरकारले प्रदेश योजना आयोगको सदस्यमा नियुक्त गरेको हो । 

उनले विभिन्न क्षेत्रमा काम गरेको अनुभबका आधारमा पनि प्रदेश योजना आयोगको सदस्य पदमा रहेर कर्णाली प्रदेशको विकासमा ठूलो भूमिका खेल्ने आम नागरिकहरुको अपेक्षा रहेको छ । 

योगीले मानव विकास सूचकांक वृद्धि गरी विनियोजित बजेटको सदुपयोग गर्ने रणनीति, नीति  र कार्ययोजना बनाएर  जनताको आम्दानी बढाउँदै युवाहरूलाई आय आर्जनमा जोडेर कर्णालीवासीको जीवनस्तर उकास्नका लागि र आर्थिक स्थिति वृद्धि गर्नका लागि  विशेष योजना बनाउने प्रतिबद्धता जनाएका छन् ।

कर्णाली प्रदेशलाई समृद्ध बनाउनका लागि दीर्घकालीन रणनीतिक योजना बनाइने र जनताको आवश्यकता अनुसार योजना निर्माण गर्ने योगीले बताए ।

ADVADV

सम्बन्धित खबर

Advertise