२०८३ असोज १२ गते सोमवार / Sep 28 , 2026 , Monday
२०८३ असोज १२ गते सोमवार

सिजी इलेक्ट्रोनिक्सको दसैं-तिहार महायोजना सार्वजनिक : भियतनाम र मेघौली सेराई भ्रमण जित्ने मौका

Nada
२०८३ असोज १२ गते १२:४५
Shares
सिजी इलेक्ट्रोनिक्सको दसैं-तिहार महायोजना सार्वजनिक : भियतनाम र मेघौली सेराई भ्रमण जित्ने मौका

काठमाडौं : नेपालको अग्रणी इलेक्ट्रोनिक्स ब्रान्ड सिजी इलेक्ट्रोनिक्सले बडादसैं तथा तिहारको सुखद् अवसर पारेर स्मार्ट घरायसी उपकरणहरूमा 'भरोसा नेपालीको, उत्सव दसैं, तिहारको' विशेष चाडपर्व योजना सार्वजनिक गरेको छ । कम्पनीको वार्षिक अभियान 'एक्सपिरियन्स लाइफ विथ सिजी' अन्तर्गत उपभोक्तालाई उत्कृष्ट प्रविधिसँगै चाडपर्वमा विशेष उपहार प्रदान गर्ने लक्ष्यसहित यो अफर ल्याइएको हो ।

ncell

यस योजनाअन्तर्गत ग्राहकहरूले सिजी तथा प्रिमियम सिग्नेचर सिरिज 'सिजी मेरिडिया'का स्मार्ट घरायसी उपकरणहरूको खरिदमा आकर्षक लक्की ड्र मार्फत उपहारहरू जित्न सक्नेछन् ।

योजनाको बम्पर लक्की ड्रमा भाग्यशाली विजेताहरूले भियतनाम भ्रमण वा मेघौली सेराई भ्रमण जित्ने सुवर्ण अवसर प्राप्त गर्नेछन् । यसका साथै, प्रत्येक १५ दिनमा गरिने लक्की ड्र मार्फत भाग्यशाली विजेताले मनपर्ने कुनै पनि ५ वटा उपकरणहरूको बन्डल जित्न सक्नेछन् । ग्राहकहरूले उपकरण खरिद गरेपछि क्युआर कोड स्क्यान गरी सजिलै लक्की ड्रका लागि दर्ता हुन सक्ने व्यवस्था गरिएको छ ।

४० वर्षभन्दा बढी समयदेखि नेपाली उपभोक्ताको विश्वास जित्दै आएको सिजीका उत्पादनहरू देशभरका २२ वटा अत्याधुनिक सिजी डिजिटल र ६ वटा एलजी ब्रान्ड शपका शोरुमहरू, कम्पनीका आधिकारिक वेबसाइट तथा बिक्री केन्द्रहरूबाट खरिद गर्न सकिनेछ ।

बिक्रीपछिको सेवालाई अझ छिटो, सहज र सुविधाजनक बनाउन कम्पनीले सिजी केयर्स एप सञ्चालनमा ल्याएको छ । देशभर रहेका ४० वटा सेवा केन्द्रहरू तथा यस डिजिटल एपमार्फत कम्पनीले भरपर्दो सेवा सुनिश्चित गर्दै आएको छ ।

यो योजना भदौ २६ गतेदेखि सीमित अवधिका लागि देशभर लागू भइसकेको छ । थप जानकारीका लागि सिजी केयरको टोल फ्री नम्बर १६६-००-१०२-२११ वा १६६-००-१००-२११ मा सम्पर्क गर्न वा एपस्टोर र प्लेस्टोरबाट सिजी केयर्स एप डाउनलोड गर्न सकिनेछ ।

ताजा खबर

सम्बन्धित खबर