२०८३ असोज १३ गते मङ्गलवार / Sep 29 , 2026 , Tuesday
२०८३ असोज १३ गते मङ्गलवार

अन्तर्राष्ट्रिय नेपाली मञ्च पोर्चुगलको अध्यक्षमा शर्मा

Nada
भरत प्रधान
२०८३ असोज १३ गते १९:२७
Shares
अन्तर्राष्ट्रिय नेपाली मञ्च पोर्चुगलको अध्यक्षमा शर्मा

लिस्बन : नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को प्रवास संगठन अन्तर्राष्ट्रिय नेपाली मञ्च पोर्चुगलको अध्यक्षमा सरिता शर्मा निर्वाचित भएकी छन् ।

ncell

आइतबार राजधानी लिस्बनमा सम्पन्न भएको मञ्चको आठौं एकताको अधिवेशनले शर्माको अध्यक्षतामा आगामी दुई वर्षे कार्यकालका लागि २५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । जसको उपाध्यक्षमा मानवीर लामा, सुरेश कुमार र देवराज घिमिरे चयन भएका छन् ।

मञ्चको महासचिवमा सुरेश गिरी, सचिवमा प्रकाश घिसिङ र दीपक परियार तथा कोषाध्यक्षमा शम्भु प्रसाद उप्रेती निर्वाचित भएको मञ्चले जनाएको छ। 

अधिवेशनलाई सम्बोधन गर्दै नेकपाका नेता तथा पूर्व अर्थमन्त्री वर्षमान पुनले प्रवासी नेपालीलाई स्वदेश फर्कने वातावरण बनाउनुपर्ने बताए । उनले प्रवासी नेपालीले विदेशमा आर्जन गरेको ज्ञान, सीप, पुँजी र प्रविधि लिएर स्वदेश फर्किनुपर्नेमा जोड दिए । ‘एकपटकको नेपाली सधैंको नेपाली’ भएको उल्लेख गर्दै नेता पुनले प्रवासी नेपालीलाई आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार मात्र नभई अब राजनीतिक अधिकारको समेत सुनिश्चितता हुनुपर्ने धारणा राखे ।

अधिवेशनलाई पार्टीका पश्चिम प्रवास इन्चार्ज सुरेन्द्र भुसाल, सह इन्चार्ज शंकर पन्त, संयोजक उदयराज गौतम, सहसंयोजक सुष्मा भुषाल, मञ्चका युरोप संयोजक चित्र सुवेदीलगायतले सम्बोधन गरेका थिए । कार्यक्रम मञ्चका अध्यक्ष नारायण शर्माको अध्यक्षता तथा हेम गुरुङको सन्चालनमा सम्पन्न भएको थियो ।

सम्बन्धित खबर