२०८३ असोज १२ गते सोमवार / Sep 28 , 2026 , Monday
२०८३ असोज १२ गते सोमवार

सुक्खायाममा विद्युत् आपूर्ति सहज बनाउन ११ सय ५४ मेगावाट विद्युत् भारतबाट आयात गरिने

Nada
२०८३ असोज १२ गते १६:२९
Shares
सुक्खायाममा विद्युत् आपूर्ति सहज बनाउन ११ सय ५४ मेगावाट विद्युत् भारतबाट आयात गरिने

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले आगामी सुक्खायाममा विद्युत् आपूर्ति सहज बनाउन १ हजार १ सय ५४ मेगावाट विद्युत् भारतबाट आयात गर्ने भएको छ ।

ncell

सोमबार काठमाडौंमा पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले सुक्खायाममा माग र आपूर्तिबीच सन्तुलन कायम गर्ने उक्त मात्रामा विद्युत आयात गर्ने योजना रहेको बताएका हुन् ।

उनकाअनुसार हाल सुक्खायाममा आन्तरिक उत्पादनबाट कुल १ हजार २ सय १८ मेगावाट विद्युत उपलब्ध हुने प्राधिकरणको अनुमान छ । उनले ढल्केबर–मुजफ्फरपुर प्रशारण लाइनबाट ६ सय मेगावाट, टनकपुर–महेन्द्रनगरबाट ५४ मेगावाट, बिहारका विभिन्न बिन्दुबाट ३ सय ५० मेगावाट र आरटिसीमार्फत १ सय ५० मेगावाट विद्युत् आयात गर्ने प्राधिकरणको योजना रहेको बताए ।

उनकाअनुसार आन्तरिक उत्पादन र आयात गरी सुक्खायाममा कुल २ हजार ३ सय ७२ मेगावाट विद्युत उपलब्ध हुने प्राधिकरणको अनुमान छ । अघिल्लो आर्थिक वर्षको सुक्खायाममा राष्ट्रिय विद्युत मागको उच्चतम बिन्दु २ हजार २ सय ९२ मेगावाट पुगेको थियो ।

कार्यकारी निर्देशक श्रेष्ठले गत भदौ १० मा भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका कारण माथिल्लो त्रिशूली–३ बीको २ सय २० केभी हब तथा विभिन्न जलविद्युत केन्द्रमा क्षति हुँदा ४ सय ३० मेगावाट विद्युत उत्पादन प्रणालीबाट बाहिरिएको बताए । बाढीबाट प्राधिकरण र सहायक कम्पनीका संरचनामा करिब ७४ अर्ब रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको कार्यकारी निर्देशक श्रेष्ठले बताए ।

खोज तथा उद्धारको काम सम्पन्न भइसकेपछि प्रभावित क्षेत्रका सुरुङ र पावरहाउसमा जम्मा भएको डेब्रिज तथा फोहोर हटाउने काम अघि बढाइने उनले जानकारी दिए । 

ताजा खबर

सम्बन्धित खबर