२०८३ असोज ११ गते आइतवार / Sep 27 , 2026 , Sunday
२०८३ असोज ११ गते आइतवार

होन्डाले ल्यायो ‘यो दसैं, आशाको सुरुवात’ योजना, नयाँ बाइक तथा स्कुटर किन्दा १ लाख रुपैयाँसम्म जित्ने मौका

Nada
२०८३ असोज ११ गते २०:२५
Shares
होन्डाले ल्यायो ‘यो दसैं, आशाको सुरुवात’ योजना, नयाँ बाइक तथा स्कुटर किन्दा १ लाख रुपैयाँसम्म जित्ने मौका

काठमाडौं : दसैं, तिहार तथा छठ पर्वको शुभ अवसर पारेर नेपालका लागि होन्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनी प्रा.लि. (पद्मज्योति ग्रुप)ले ‘यो दसैं, आशाको सुरुवात’ नामक विशेष र आकर्षक योजना सार्वजनिक गरेको छ । चाडपर्वको उल्लासलाई थप विशेष बनाउने उद्देश्यका साथ बजारमा ल्याइएको यस योजनाअन्तर्गत ग्राहकले होन्डाको नयाँ बाइक तथा स्कुटर खरिद गर्दा स्क्र्याच कुपनमार्फत १ लाख रुपैयाँसम्मको आकर्षक नगद जित्ने मौका प्राप्त गर्न सक्नेछन् । 

ncell

यस योजनाको सबैभन्दा विशेष र महत्त्वपूर्ण पक्ष ‘सहयोगको संकल्प’ रहेको छ । कम्पनीले ‘होन्डा छ साथ साथ’ अफरमार्फत हरेक हप्ता ७ वटै प्रदेशबाट १÷१ जना गरी ७ जना भाग्यशाली विजेता छनोट गर्नेछ, जसमा उनीहरूले १ लाख रुपैयाँसम्म जित्ने अवसर पाउनेछन् । यसअन्तर्गत विजेता ग्राहकले आफूले जितेको रकम प्राप्त गर्नेछन् भने, होन्डा नेपालले विजेताले जितेको सोही बराबरको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ । यसरी यस अफरले ग्राहकलाई पुरस्कार जित्ने अवसरका साथसाथै देशको विपत्तिमा परोपकारी कार्यमा प्रत्यक्ष रुपमा जोडिने महान् अवसरसमेत प्रदान गरेको छ ।

यसका साथै, ग्राहकको थप सुविधा र सन्तुष्टिलाई ध्यानमा राख्दै कम्पनीले अतिरिक्त योजनाको पनि व्यवस्था गरेको छ, जसमा ग्राहकले आफ्नो आवश्यकता र इच्छाअनुसार तीनवटा विकल्पमध्ये कुनै एक रोज्न सक्नेछन् । यसअन्तर्गत ग्राहकले १० हजार रुपैयाँसम्मको अतिरिक्त स्क््रयाच कुपन, वा ७ वर्षको लागि निःशुल्क सर्भिसिङ, वा ५ वर्षको लागि वार्षिक मर्मत सम्झौतामध्ये कुनै एक उत्कृष्ट सुविधा छनोट गरी प्राप्त गर्न सक्नेछन् । नयाँ बाइक तथा स्कुटर खरिदलाई आर्थिक रूपले थप सहज र पहुँचयोग्य बनाउन यस अफरमा फाइनान्स पार्टनरको रुपमा रहेको स्याकार हायर पर्चेज प्रा.लि.मार्फत निकै सजिलो फाइनान्सिङको सुविधा पनि उपलब्ध गराइएको छ ।

चाडपर्वको खुसीसँगै समाज र देशप्रतिको उत्तरदायित्वलाई पनि बहन गर्दै ल्याइएको यस ‘यो दसैं, आशाको सुरुवात’ योजनाले सम्पूर्ण ग्राहकको जीवनमा सकारात्मक ऊर्जा थप्ने विश्वास कम्पनीले लिएको छ ।

ताजा खबर

सम्बन्धित खबर