२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

यी हुन् सर्वाधिक कमाइ गर्ने ३१ नेपाली फिल्म (सूचीसहित)

Nada
२०८३ असार १८ गते १४:३५
Shares
यी हुन् सर्वाधिक कमाइ गर्ने ३१ नेपाली फिल्म (सूचीसहित)

काठमाडौं : चलचित्र विकास बोर्डले नेपाली चलचित्र इतिहासमा सर्वाधिक कमाइ गर्ने ३१ नेपाली भाषाका फिल्मको अद्यावधिक सूची सार्वजनिक गरेको छ । बोर्डको २६औं वार्षिकोत्सवका अवसरमा मंगलबार सार्वजनिक गरिएको सूचीमा ७ करोड रुपैयाँभन्दा बढी ग्रस कमाइ गरेका चलचित्रहरू समावेश गरिएको हो ।

ncell

बोर्डका अनुसार सूचीमा परेका ३१ फिल्मले संयुक्त रूपमा ४ अर्ब ३३ लाख ६१ हजार ५२९ रुपैयाँ ग्रस व्यापार गरेका छन् । सूचीले नेपाली चलचित्र उद्योगको व्यावसायिक विकास, बजार विस्तार र दर्शकसँगको सम्बन्धलाई अभिलेखीकरण गर्न सहयोग पुग्ने विश्वास बोर्डले व्यक्त गरेको छ ।

सार्वजनिक सूचीअनुसार सर्वकालीन सर्वाधिक कमाइ गर्ने नेपाली फिल्मको रूपमा ‘पूर्णबहादुरको सारंगी’ रहेको छ । २०८१ सालमा प्रदर्शनमा आएको यस चलचित्रले ४६ करोड ८७ लाख रुपैयाँभन्दा बढी ग्रस कमाइ गर्दै पहिलो स्थान सुरक्षित गरेको हो ।

दोस्रो स्थानमा २०७९ सालमा प्रदर्शन भएको ‘कबड्डी ४’ रहेको छ, जसले २१ करोड ४० लाख रुपैयाँभन्दा बढी कमाइ गरेको छ । त्यस्तै, २०८१ सालमै प्रदर्शनमा आएको ‘१२ गाउँ’ १९ करोड ९२ लाख रुपैयाँभन्दा बढी कमाइसहित तेस्रो स्थानमा रहेको छ ।

सूचीको चौथो स्थानमा २०८२ सालमा प्रदर्शन भएको ‘परान’ रहेको छ, जसको ग्रस कमाइ १७ करोड ७६ लाख रुपैयाँ रहेको बोर्डले जनाएको छ । पाँचौं स्थानमा रहेको ‘छक्का पञ्जा ४’ ले १७ करोड ५३ लाख रुपैयाँभन्दा बढी कमाएको छ ।

शीर्ष १० मा ‘जारी’, ‘छक्का पञ्जा’, ‘महाजात्रा’, ‘छक्का पञ्जा ५’ र ‘कोहिनूर’ पनि समावेश छन्।

बोर्डका अनुसार सूचीमा समेटिएका अधिकांश चलचित्र २०७० सालपछि प्रदर्शनमा आएका हुन् । अपवादका रूपमा २०५८ सालमा प्रदर्शन भएको ‘आगो’ मात्र पुरानो चलचित्र हो, जसले ७ करोड २० लाख रुपैयाँ ग्रस कमाइ गर्दै सूचीको ३१औं स्थानमा परेको छ ।

हेर्नुहोस् सूची :

१) पूर्णबहादुरको सारंगी- ४६ करोड ८७ लाख रुपैयाँ
२) कबड्डी ४- २१ करोड ४० लाख रुपैयाँ
३) १२ गाउँ- १९ करोड ९२ लाख रुपैयाँ
४) परान- १७ करोड ७६ लाख रुपैयाँ
५) छक्कापञ्जा ४- १७ करोड ५३ लाख रुपैयाँ
६) जारी- १७ करोड ४८ लाख रुपैयाँ
७) छक्कापञ्जा- १६ करोड १० लाख रुपैयाँ
८) महाजात्रा- १५ करोड ६७ लाख रुपैयाँ
९) छक्कापञ्जा ५- १५ करोड २० लाख रुपैयाँ
१०) कोहिनुर- १४ करोड ७५ लाख रुपैयाँ
११) छक्कापञ्जा २- १४ करोड ५१ लाख रुपैयाँ
१२) आबाट आमा- १३ करोड २० लाख रुपैयाँ
१३) शत्रु गते- १२ करोड ६५ लाख रुपैयाँ
१४) जेरी अन टप- १२ करोड २८ लाख रुपैयाँ
१५) ऊनको स्वीटर- १० करोड ६२ लाख रुपैयाँ
१६) कबड्डी कबड्डी- १० करोड ३५ लाख रुपैयाँ
१७) बोक्सीको घर- १० करोड १० लाख रुपैयाँ
१८) छ माया छपक्कै- ९ करोड ९२ लाख रुपैयाँ
१९) लालीबजार- ९ करोड ३१ लाख रुपैयाँ
२०) लुट २- ९ करोड २१ लाख रुपैयाँ
२१) दिमाग खराब- ८ करोड ९८ लाख रुपैयाँ
२२) अञ्जीला- ८ करोड ८३ लाख रुपैयाँ
२३) परदेशी २- ७ करोड ९२ लाख रुपैयाँ
२४) छक्कापञ्जा ३- ७ करोड ८३ लाख रुपैयाँ
२५) प्रेमगीत ३- ७ करोड ६३ लाख रुपैयाँ
२६) कबड्डी कबड्डी कबड्डी- ७ करोड ५९ लाख रुपैयाँ
२७) पूजार सार्की- ७ करोड ३८ लाख रुपैयाँ
२८) महापुरुष- ७ करोड ३५ लाख रुपैयाँ
२९) कबड्डी- ७ करोड ३४ लाख रुपैयाँ
३०) पशुपति प्रसाद २, भस्मे डन- ७ करोड ३२ लाख रुपैयाँ
३१) आगो- ७ करोड २० लाख रुपैयाँ

सम्बन्धित खबर