२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

सहकारीबाट ठगिएका स्थापितको मृत्यु भएपछि शवसहित प्रदर्शन

Nada
२०८१ साउन २७ गते १३:०७
Shares
सहकारीबाट ठगिएका स्थापितको मृत्यु भएपछि शवसहित प्रदर्शन

काठमाडौं : सहकारी पीडितहरूले शव बोकेर राजधानीमा प्रदर्शन गरेका छन् । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघको नेतृत्वमा प्रदर्शन गरिएको हो ।

ncell

सहकारीको रकम माग्दा माग्दै आन्दोलनरत राजेन्द्र स्थापितको मृत्युपछि सहकारी पीडितहरूले कात्रो र शवसहित जुलुस गरेका हुन् ।

वीर अस्पतालमा शनिबार ६६ वर्षीय राजेन्द्र स्थापितको मृत्यु भएको थियो । न्यूरोडस्थित युवा विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नै पैसा पनि नदिँदा उपचार गराउन नपाएर स्थापितको मृत्यु भएको स्थापितका आफन्तले बताएका छन् ।

पाँच लाख रूपैयाँ नहुँदा स्थापितको उपचार नै नभइ मृत्यु भएको सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले जनाएको छ । महासंघका अनुसार चार दिनसम्म उनको उपचार भएको थिएन भने शनिबार बिहान स्थापितको मृत्यु भएको थियो । 

कुनै सन्तान नभएकाले स्थापितकी श्रीमतीको संरक्षणका लागि सरकारले पहल गरिदिनुपर्ने महासंघको भनाइ छ। 

ताजा खबर

सम्बन्धित खबर