२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

चेतनामूलक चलचित्र ‘बिषहरण’को अडिसन सम्पन्न 

Nada
२०८३ असार २० गते १५:५७
Shares
चेतनामूलक चलचित्र ‘बिषहरण’को अडिसन सम्पन्न 

काठमाडौं : क्रिएटिभ विङ्स प्रोडक्सन हाउस प्रा.लि.को ब्यानरमा निर्माण हुन लागेको सामाजिक तथा लागु औषध दुर्व्यसनविरुद्धको चेतनामूलक नेपाली चलचित्र ‘बिषहरण’ को कलाकार छनोट (अडिसन) सम्पन्न भएको छ ।

ncell

अडिसनमा करिब ४० जना कलाकारले सहभागिता जनाएका थिए । अभिनय क्षेत्रमा रुचि भएका नयाँ तथा अनुभवी कलाकारहरूले विभिन्न भूमिकाका लागि आफ्नो अभिनय क्षमता प्रस्तुत गरेका थिए ।

अडिसनमा नेपाली चलचित्र क्षेत्रका अनुभवी व्यक्तित्वहरू निर्णायक (जज) का रूपमा सहभागी भएका थिए । चलचित्रको निर्देशन अनिल कजासुले गर्दैछन् ।

चलचित्रको निर्माण क्रिएटिभ विङ्स प्रोडक्सन हाउस प्रा.लि. ले गरिरहेको छ भने एमबी राउत सह–निर्माताका रूपमा रहेका छन् । निर्माण पक्षले चलचित्रका मुख्य कलाकारहरूको नाम भने हालसम्म सार्वजनिक गरेको छैन ।

निर्माण पक्षका अनुसार चलचित्रले लागुऔषध दुर्व्यसनको असर र त्यसबाट मुक्त भई नयाँ जीवनतर्फ अघि बढ्न सकिने सन्देश दिनेछ । चलचित्रको छायांकन छिट्टै सुरु गरिने जानकारी निर्माण पक्षले दिएको छ । 

सम्बन्धित खबर