२०८२ साउन ५ गते सोमवार / Jul 21 , 2025 , Monday
२०८२ साउन ५ गते सोमवार
Ads

हेलिकप्टर दुर्घटनामा मृत्यु भएका चिनियाँ नागरिकको पहिचान खुल्न सकेन 

shivam cement
मध्यान्ह
२०८१ साउन २७ गते १३:३४
हेलिकप्टर दुर्घटनामा मृत्यु भएका चिनियाँ नागरिकको पहिचान खुल्न सकेन 

काठमाडौँ : एयर डाइनेस्टी हेलिकप्टर दुर्घटनामा परेर मृत्यु भएका चिनियाँ नागरिकको अझै पहिचान हुन सकेको छैन । दुर्घटनामा परेका चिनियाँ नागरिकको परिवारबाट तथ्य संकलनमा ढिलाइ भएपछि शवको पहिचान हुन नसकेको हो ।

चिनियाँ पर्यटक जुदाड टाङ, जी ली, यियाद वु र जेमिङ सीको शव पहिचानका लागि अझै तथ्यांक संकलनको काम भइरहेको त्रिवि शिक्षण अस्पताल फोरेन्सिक विभागले जनाएको छ ।

मृतकको शवको पहिचान डिजास्टर भिक्टिम आइडेन्टिफिकेसन प्रणालीबाट गरिनेछ । डिजास्टर भिक्टिम आइडेन्टिफिकेसन प्रणालीबाट पोस्टमार्टम गर्दा शुरूमा शव पहिचानका लागि फिंगर प्रिन्ट, डेन्टल (दाँतको भाग) र शरीरमा स्थायी रूपमा बनेका संकेतहरू (खत, ट्याटु आदि), पहिरन, गहना लगायत हेरिने विभागले जनाएको छ ।

गत २३ गते बुधबार दिउँसो काठमाडौँ विमानस्थलबाट रसुवाको स्याफ्रुबेसीका लागि उडेको एयर डाइनेस्टीको हेलिकप्टर नुवाकोटको शिवपुरीमा दुर्घटना हुँदा क्याप्टेन अरुण मल्लसहित चार चिनियाँ नागरिकको मृत्यु भएको थियो ।

ADV

सम्बन्धित खबर

Advertise