२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

नेपाल प्रेस युनियनले देशैभरि 'पत्रकारसँग प्रेस युनियन' अभियान सञ्चालन गर्ने

Nada
२०८१ साउन २७ गते १३:५५
Shares
नेपाल प्रेस युनियनले देशैभरि 'पत्रकारसँग प्रेस युनियन' अभियान सञ्चालन गर्ने

धुलिखेल : नेपाल प्रेस युनियनले नयाँ पत्रकारहरूलाई संगठनमा आकर्षित गर्न र पत्रकारिताका समस्याका बारेमा गहन छलफल गर्दै समाधानका लागि पहल गर्न 'पत्रकारसँग प्रेस युनियन' अभियान सञ्चालन गर्ने भएको छ । 

ncell

युनियनका अध्यक्ष शिव लम्सालको सभापतित्वमा शनिबार र आइतबार धुलिखेलमा सम्पन्न युनियनको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सांगठनिक गतिविधि अभिवृद्धि गर्दै संगठनलाई चलायमान बनाइ पत्रकार र पत्रकारिता क्षेत्रका समस्या पहिचान गरी समाधानका लागि पहल गर्न पत्रकारसँग प्रेस युनियन अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।

यो वर्ष २०८१ भरि प्रेस युनियनमा नयाँ पत्रकारलाई आबद्ध गराउन प्रेस युनियनका केन्द्रीय विभाग, प्रदेश समिति र युनियनका शाखाहरूलाई परिचालन गरी अभियान सञ्चालन गर्नेे निर्णय भएको युनियनका महासचिव दिलीप पौडेलले जानकारी दिए ।

बैठकले नेपाल पत्रकार महासंघको सदस्यतासम्बन्धी विवाद टुंग्याएर निर्वाचनमा देखिएको अन्योल हटाई पत्रकार महासंघको निर्वाचन सुनिश्चित गर्न महासंघसँग आग्रह गरेको छ । युनियनले महासंघलाई सबै आस्था र विचार राख्ने व्यावसायिक पत्रकारहरूको छाता संस्थाका रूपमै अघि बढाउनुपर्छ भन्ने मूल्य, मान्यतालाई आत्मसात गर्दै सबै क्रियाशील पत्रकार तथा पत्रकारसम्बद्ध संस्थालाई समेटेर पत्रकार महासंघको निर्वाचनमा नेतृत्वदायी भूमिका लिएर अघि बढ्न आवश्यक पहलकदमी लिने निर्णय पनि गरेको छ ।

ताजा खबर

सम्बन्धित खबर