२०८१ असोज ५ गते शनिवार / Sep 21 , 2024 , Saturday
२०८१ असोज ५ गते शनिवार

प्रधानमन्त्री ओली र भारतीय विदेश सचिव मिस्रीबीच भेटवार्ता

ADV
मध्यान्ह
२०८१ साउन २७ गते १५:५५
प्रधानमन्त्री ओली र भारतीय विदेश सचिव मिस्रीबीच भेटवार्ता

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेका भारतका विदेश मन्त्रालयका सचिव विक्रम मिस्रीबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री ओलीलाई भेट्न भारतीय विदेश सचिव मिस्री आइतबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका थिए ।

उनीहरुबीच नेपाल-भारतको सम्बन्ध विस्तार र द्विपक्षीय सहमतिका विविध विषयमा छलफल भएको बताइएको छ ।

भारतका विदेश सचिव मिस्री परराष्ट्र सचिव सेवा लम्सालको निमन्त्रणामा नेपाल भ्रमणमा आएका हुन् । नेपालमा कांग्रेस-एमालेको गठबन्धन सरकार बनेपछि भारतको यो पहिलो उच्चस्तरीय भ्रमण हो ।

भ्रमणका क्रममा उनले राष्ट्रपति रामचन्द्र पौडेल, परराष्ट्रमन्त्री आरजु राणा देउवालगायत शीर्ष नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise