२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

नास्तिकताले समाज र व्यक्तिमा पार्ने प्रभाव

ADV
२०८१ साउन २८ गते ०६:२०
नास्तिकताले समाज र व्यक्तिमा पार्ने प्रभाव

–राजन तिमिल्सिना

नास्तिकताले समाजमा नयाँ शिक्षा र चेतनाको विकास गर्न मद्दत गर्दछ । यसले समाजमा विभेद, शोषण, अन्याय, अत्याचार र हिंसा हुन दिँदैन । नास्तिकता तर्क, प्रमाण र वैज्ञानिक सोचमा आधारित हुन्छ । यसले मानिसहरूलाई अन्धविश्वासबाट टाढा राख्दै, अनुसन्धान, ज्ञान र प्रविधिको खोजीलाई प्रोत्साहित गर्छ । नास्तिकता धार्मिक आस्थामा आधारित नहुने हुँदा नैतिकता र मानवतावादलाई मानवीय सम्बन्ध र समाजको लागि महत्त्वपूर्ण ठान्छ । यसले स्व–अनुशासनको आधारमा नैतिकवान बन्न प्रोत्साहित गर्छ र अन्धविश्वास आधारित सबैखाले धर्मको आवश्यकता छैन भन्ने सन्देश प्रवाह गर्छ ।

नास्तिकताले मानिसहरूलाई धार्मिक नियमहरू वा परम्परागत मान्यताहरूको बन्धनबाट मुक्त गर्छ । व्यक्तिलाई आफ्नो विचार, जीवनशैली, र निर्णयहरूमा स्वतन्त्रता प्रदान गर्छ । नास्तिकताले मानिसहरूलाई प्रश्न गर्न, आलोचनात्मक ढंगबाट सोच्न र विभिन्न दृष्टिकोणहरूलाई जाँच्न प्रेरित गर्दछ । यसले विचारधारामा विविधता र संवादको विकासमा सहयोग पु¥याउँछ । नास्तिकताले सबै मानिसलाई धर्म, जात, लिङ्ग, पेसा, भूगोल जे भए पनि समान रूपमा हेर्ने दृष्टिकोणको समर्थन गर्छ । यसले समाजमा समता, समानता र समावेशीकरणको भावना विकास गर्न मद्दत गर्छ ।

समग्रमा, नास्तिकताले समाजमा वैज्ञानिक, नैतिक, र आलोचनात्मक चेतनाको विकासमा महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ । यसले भौतिक जगत, मानव समाज र वैज्ञानिक अविस्कारहरूको वस्तुगत ज्ञान र चेतनाले पारङ्गत बनाउन अग्रगामी भूमिका खेल्छ ।

नास्तिकता सम्बन्धी केही बुँदागत तथ्यहरू :

– नास्तिकताले ऐतिहासिक तथ्य र प्रमाणको आधारमा बोल्न सिकाउँछ ।
– नास्तिकताले अन्धभक्तीमा होइन, खोज, अन्वेषण र अनुसन्धानमा जोड दिन्छ ।
– नास्तिकताले सबै खाले अन्धविश्वासबाट टाढा राख्न मद्दत गर्छ ।
– नास्तिकताले विज्ञान, ऐतिहासिक तथा पुरातात्त्विक प्रमाणविनाका तर्कलाई मान्यता दिँदैन ।
– नास्तिकताले तथ्य र प्रमाणको आधारमा सही र गलत छुटाउन सिकाउँछ ।
– नास्तिकताले प्रमाणबिना समाजमा फैलिएको गलत धारणालाई विश्वास गर्न अनुमति दिँदैन ।
– नास्तिकताले स्वर्गको लालचा र नर्कको त्रासबाट मानसिक गुलाम बन्न दिँदैन ।
– नास्तिकताले सबै मानिसलाई भेदभावरहित समान देख्न सिकाउँछ ।
– नास्तिकताले मानिसलाई निष्पक्ष, नैतिकवान र इमानदार बनाउँछ
– नास्तिकताले पाप र पुण्यको मानसिक दासत्वबाट बाहिर निकालेर सही र गलत बुझ्न मद्दत गर्दछ ।
– नास्तिकताले आफू स्वयंमाथि विश्वास गर्न सिकाउँछ । 
– नास्तिकताले पाखण्डलाई मुक्त गर्छ ।
– नास्तिकताले निर्जीव वस्तुको गुलाम बन्ने मानसिकतालाई अस्वीकार गर्न सिकाउँछ ।
– नास्तिकताले धार्मिक दङ्गाबाट टाढा रहने चेतको विकास गर्दछ । 
– नास्तिकताले सही कुराको समर्थन र गलतको विरोध गर्ने साहस सिर्जना गर्छ ।
– नास्तिकताले धार्मिक ठगहरूको मीठो शब्दमा फसेर जीवन र सम्पत्तिको हानी हुनबाट जोगाउँछ ।
– नास्तिकताले समता, स्वतन्त्रता र भातृत्वको विकासमा जोड दिन्छ ।
– नास्तिकताले निर्भीकतापूर्वक आफ्ना विचार राख्न र अरूको कुरा सुन्न सिकाउँछ ।
– नास्तिकताले खोज, अनुसन्धान, अन्वेषण, आविष्कारलाई जोड दिन्छ ।
– नास्तिकताले निर्दोष महिलाहरूमाथि धर्मगुरु, पण्डित, मौलवी, मुल्ला, पास्टर, पादरी, लामा, भिक्षु, तान्त्रिक, मोल्वी, धामीझाँक्री, आदि धार्मिक गुरुहरूको लालसाको सिकार हुनबाट जोगाउँछ ।
– नास्तिकताले कुनै पनि भगवान, ईश्वर, अल्लाह, परमेश्वर आदिको अस्तित्वलाई अस्वीकार गर्न सिकाउँछ ।
– नास्तिकताले चमत्कारमा विश्वास गर्दैन र त्यसो हुनुका वैज्ञानिक कारण खोज्छ । 
– नास्तिकताले मानिसलाई अन्धभक्त भेडाको होइन कि सचेत र चेतनशील नागरिक बनाउँछ ।
– नास्तिकताले अन्याय र दमनबाट मुक्त समाज निर्माण गर्न सिकाउँछ । 
– नास्तिकताले सबै खाले रुढीवाद र अन्धविश्वासबाट मुक्त बनाउँछ । 
– नास्तिकताले जनावरको मलमूत्र सेवन अस्वीकार गर्ने चेतना दिन्छ ।
– नास्तिकताले आधुनिक र उन्नत विचारको जन्म गराउँछ । 
– नास्तिकताले परम्परागत पाखण्ड छोड्न मद्दत पु¥याउँछ ।
– नास्तिकताले मानव जातिलाई सही ज्ञान र चेतनाद्वारा सभ्य नागरिक बन्न मद्दत गर्छ ।
– नास्तिकताले पदार्थको गति, विशेषता र गुणबारे यथार्थ शिक्षा दिन्छ ।
– नास्तिकताले समाजलाई अग्रगामी र उज्यालो मार्गतर्फ दिशानिर्देश गर्छ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise