२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

कर्णालीमा तत्काल युवा नीति बन्छ : मन्त्री भण्डारी

ADV
कुलेन्द्र शाही
२०८१ साउन २८ गते १२:५२
कर्णालीमा तत्काल युवा नीति बन्छ : मन्त्री भण्डारी

सुर्खेत : कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले प्रदेशमा तत्काल युवा नीति ल्याइने बताएका छन् । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले प्रदेशमा युवा नीति आवश्यक भएको बताएका हुन् ।

प्रदेश सरकारको आन्तरिक आम्दानी कमजोर हुँदा चाहेजस्तो काम गर्न नसके पनि आफ्ना प्रयासहरू भने निरन्तर हुने उनको भनाइ छ । उनले आन्तरिक स्रोत कमजोरीका कारण पनि संघीय सरकारले दिएको बजेटका आधारमा नीति बनाउनुपर्ने बाध्यकारी अवस्थालाई प्रस्तुत गरे ।

यौनिक तथा लैङ्गिक अल्पसंख्यक, दृष्टिविहीन अपांगतालगायतका लक्षित वर्गका व्यक्तिहरूका लागि प्रादेशिक शिक्षा नीतिबाट उचित व्यवस्था हुने अपेक्षा मन्त्री भण्डारीले गरे । त्यसका लागि तत्कालै प्रदेश सरकारले नीति ल्याउने उनले बताए ।

खेलकुद क्षेत्रको विकासका लागि राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि प्रदेश सरकारले तयारी गरिरहेको जानकारी दिँदै आफूले पदभारका क्रममा गरेको पहिलो निर्णयबारे युवाहरूलाई जानकारी गराए । युवाहरूको सहभागिता रहेको उक्त कार्यक्रममा डिजिट सुरक्षासम्बन्धी अन्तरक्रिया गरिएको थियो ।

ADVADV

सम्बन्धित खबर

Advertise