२०८१ असोज ५ गते शनिवार / Sep 21 , 2024 , Saturday
२०८१ असोज ५ गते शनिवार

नेपाल–भारत परराष्ट्र सचिवस्तरीय भेटवार्ता

ADV
मध्यान्ह
२०८१ साउन २८ गते १६:०८
नेपाल–भारत परराष्ट्र सचिवस्तरीय भेटवार्ता

काठमाडौँ : परराष्ट्र सचिव सेवा लम्साल र नेपाल भ्रमणमा रहनुभएका भारतीय विदेश सचिव विक्रम मिस्रीबीच भेटवार्ता भएको छ । 

काठमाडौँको नक्सालस्थित हिल्टन होटलमा आज मध्यान्ह भएको उक्त भेटवार्तामा द्विपक्षीय हित र आपसी चासोबारे कुराकानी भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृत राईले जानकारी दिए ।

“उहाँहरुबीच नेपाल र भारतको सम्बन्धका सबै पक्षको समीक्षा गर्ने र आगामी दिनमा कसरी अगाडि बढ्ने विषयमा छलफल भएको छ”, प्रवक्ता राईले भने, “दुई देशबीच गठित विभिन्न संयन्त्रको नियमित बैठक गर्ने तथा भारतीय सहयोगबाट नेपालमा सञ्चालित विभिन्न परियोजना तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि थप कसरी अघि बढ्नेबारे छलफल भयो ।”

प्रवक्ता राईका अनुसार भारतीय विदेश सचिव मिस्र परिचयात्मक भ्रमणमा आउनु भएका कारण अहिले कुनै सहमति वा सम्झौता नभई नितान्त शिष्टाचार भेटवार्ता भएको हो । भारतीय विदेश सचिव मिस्री दुईदिने नेपाल भ्रमणका क्रममा आइतबार काठमाडौँ आएका थिए । उनी आजै स्वदेश फर्किनुहुने कार्यक्रम छ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise