२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

‘सामाजिक सञ्जालको प्रयोगले नागरिक असुरक्षित’

Nada
२०८१ साउन २८ गते १८:३०
Shares
‘सामाजिक सञ्जालको प्रयोगले नागरिक असुरक्षित’

काठमाडौं : नेकपा एमालेको बागमती प्रदेश कमिटीका सचिव नवराज सिलवालले सामाजिक सञ्जालको प्रयोगबाट नागरिक असुरक्षित हुँदै गएको बताएका छन् ।

ncell

राष्ट्रिय युवा संघ नेपालको आयोजनामा भएको ‘नेपालको राजनीतिमा युवा र आजको डिजिटल प्रविधि’ नामक कायक्रममा सचिव सिलवालले तीव्ररुपमा बढिरहेको सामाजिक सञ्जालको प्रयोगबाट नागरिक असुरक्षित भइरहेको बताउँदै फेसबुक, ह्वाटसएपलगायतमा प्रलोभन देखाएर आउने विभिन्न किसिमका मेसेजहरु खतराको संकेत भएकाले त्यसबाट सावधान रहन सुझाव दिए ।

कार्यक्रममा वरिष्ठ सञ्चारकर्मी बबिता बस्नेतले वर्तमान समयमा हरेक क्षेत्रका एजेण्डा सञ्चारमाध्यमहरुले तयार पार्ने गरेको बताएकी छिन् । उनले भनिन्, ‘मिडियाहरुमा तथ्य बिना नै यसो भए हुन्थ्यो, त्यस्तो गरे हुन्थ्यो खालका समाचार सम्प्रेषण हुन्छन् । जसबाट एजेण्डा सेट नै मिडियाले गरिरारहेको छ ।’

यस्तै समाचारहरुको तथ्यगत विश्लेषण र अनुसन्धान गर्न जरुरी रहेको उनको भनाइ थियो । साथै हाल फेसबुक, युटुबमा देखिने मानिसका व्यक्तिगत कुराका समाचार, भिडियो लयायका विषयमा बाेल्दै उनले थपिन्, ‘घरभित्रको समाचार खोजी गर्ने अधिकार कसैलाई छैन । मान्छेका व्यक्तिगत कुरालाई सामाजिक सञ्जालमा देखाउनु कानून विपरीत हो ।’ सूचनाको हक भएको ठाउँमा गोपनियताको हक हुन एकदमै आवश्यक रहेको पनि बताइन् । 

त्यस्तै कार्यक्रममा राष्ट्रिय युवासंघका अध्यक्ष क्षितिज थेवेले राजनीतिकर्मी र युवा राजनीतिज्ञहरुले समयसँगसँगै आफूमा परिवर्तन ल्याउन आवश्यक रहेको बताए । प्रविधिको प्रयोग गरिरहँदा आफ्ना मूल्य र मान्यतालाई कायम राखेर प्रोटोगाण्डा फैलाउने खालका समाचार सम्प्रेषण र कार्यक्रम सञ्चालन नगर्न सञ्चार माध्यमलाई आग्रह गरे । साथै उनले टिकटकले युवाहरुलाई आत्मनिर्भर बनाएको बताउँदै टिकटकमा लगाएको प्रतिबन्ध हटाउन सरकारलाई आग्रह समेत गरे ।

ताजा खबर

सम्बन्धित खबर