२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

भलिबल खेलाडी कवितालाई समाजसेवी मल्लले ५० हजार दिने

ADV
मध्यान्ह
२०८१ साउन २८ गते २१:०२
भलिबल खेलाडी कवितालाई समाजसेवी मल्लले ५० हजार दिने

काठमाडौं : डडेल्धुराका विनय प्रकाश मल्लले राष्ट्रिय महिला भलिबल टोलीकी सदस्य कविता भट्टलाई ५० हजार रुपैयाँ सम्मान स्वरुप प्रदान गर्ने भएका छन् । मल्लको जन्मघर डडेल्धुरा भए पनि उनी हाल जापानमा बस्दै आएका छन् ।

डडेल्धुरा स्थायी घर भएका समाजसेवी मल्लले सामाजिक सञ्जालमार्फत डडेल्धुरा गन्यापधुरा गाउँपालिका वडा नं. १ निवासी राष्ट्रिय भलिबल खेलाडी कवितालाई सम्मान स्वरुप ५० हजार रुपैयाँ प्रदान गर्ने घोषणा गरेका हुन् ।

भलिबलमार्फत डडेल्धुराको नाम राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म चिनाउन अहम् भूमिका निभाएको बताउँदै उनले कविताप्रति आभार प्रकट गरेका छन् ।

१९औं एसियन गेममा पनि सहभागी भइसकेकी कविता हालैमात्र काठमाडौंमा सम्पन्न काभा महिला भलिबल लिगमा पनि सहभागी भएकी थिइन् । उक्त प्रतियोगितामा नेपाल फाइनलमा भारतसँग पराजित हुँदै उपविजेतामा सीमित भएको थियो ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise