२०८३ कार्तिक ११ गते बुधवार / Oct 28 , 2026 , Wednesday
२०८३ कार्तिक ११ गते बुधवार

काभा भलिबल : नेपाल उज्वेकिस्तानसँग पनि पराजित

Nada
२०८३ साउन ११ गते १५:५८
Shares
काभा भलिबल : नेपाल उज्वेकिस्तानसँग पनि पराजित

काठमाडौं : काभा (सेन्ट्रल एसियन भलिबल एसोसिएसन) पुरुष भलिबल च्याम्पियनसिपमा नेपाल उज्वेकिस्तानसँग पराजित भएको छ ।

पाकिस्तानको इस्लामावादमा आज भएको खेलमा नेपाल उज्वेकिस्तानसँग ३–० को सोझो सेटमा पराजित भएको हो । नेपाल पहिलो सेट २६–२४, दोस्रो सेट २५–२० र तेस्रो सेट २५–२२ ले पराजित भयो ।

यससँगै नेपालले लिग चरणको सबै गुमाएको छ । यसअघि  नेपाल पाकिस्तान, बंगलादेश, श्रीलंका र कजाकिस्तानसँग पराजित भएको थियो । 

सम्बन्धित खबर