२०८३ कार्तिक ११ गते बुधवार / Oct 28 , 2026 , Wednesday
२०८३ कार्तिक ११ गते बुधवार

फ्रान्सको मुख्य प्रशिक्षकमा जिनेदिन जिदान नियुक्त

Nada
२०८३ साउन १२ गते १५:०८
Shares
फ्रान्सको मुख्य प्रशिक्षकमा जिनेदिन जिदान नियुक्त

काठमाडौं : रियल म्याड्रिडका पूर्वप्रशिक्षक जिनेदिन जिदान फ्रान्सेली राष्ट्रिय फुटबल टोलीको नयाँ मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । फ्रान्सका सबैभन्दा लामो समयसम्म प्रशिक्षक रहेका डिडिएर देसच्याम्पले आफ्नो १४ वर्षे कार्यकाल अन्त्य गरेपछि ५४ वर्षीय जिदानलाई यो जिम्मेवारी दिइएको हो ।

सन् २०२६ को विश्वकपको सेमिफाइनलमा स्पेनसँग पराजित भएर बाहिरिएपछि देसच्याम्पले प्रशिक्षकको पद छाडेका थिए । सन् १९९८ मा खेलाडीको रूपमा फ्रान्सलाई विश्वकप जिताएका जिदानले अब सन् २०३० को विश्वकपसम्म टोलीको नेतृत्व गर्ने गरी सम्झौतामा हस्ताक्षर गर्नेछन् ।

सन् २०२१ मा दोस्रो पटक रियल म्याड्रिडको प्रशिक्षक पद छाडेयता उनी कुनै पनि टोलीमा आबद्ध थिएनन् ।

आफ्नो नियुक्तिपछि प्रतिक्रिया दिँदै जिदानले राष्ट्रिय टोलीको नेतृत्व गर्न पाउनु 'गर्वको ठुलो स्रोत' भएको बताएका छन् । 'मैले पटक-पटक भन्ने गरेको छु, फ्रान्सेली राष्ट्रिय टोलीभन्दा ठुलो अरू केही छैन । त्यसैले यो टोलीको प्रशिक्षक बन्न पाउनु मेरो लागि खुसी र गौरवको विषय हो,' उनले भने ।

फ्रान्सले हालै सम्पन्न विश्वकपमा चौथो स्थान हासिल गरेको थियो । फ्रान्सका महान खेलाडी मानिने जिदानको आगमनसँगै टोलीले नयाँ उचाइ लिने अपेक्षा गरिएको छ ।

सम्बन्धित खबर