२०८१ असोज ५ गते शनिवार / Sep 21 , 2024 , Saturday
२०८१ असोज ५ गते शनिवार

मन्त्रीहरुलाई सूचना नचुहाउन प्रधानमन्त्रीको कडा निर्देशन

ADV
मध्यान्ह
२०८१ साउन २८ गते २३:०८
मन्त्रीहरुलाई सूचना नचुहाउन प्रधानमन्त्रीको कडा निर्देशन

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को निर्णय नचुहाउन मन्त्रीहरुलाई कडा निर्देशन दिएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले २४ घण्टा अगाडि बैठकका निर्णय कतै पनि नचुहाउन निर्देशन दिएको एक मन्त्रीले जानकारी दिए ।

मन्त्रिपरिषद्को पहिलो बैठकमै सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले नियमानुसार मन्त्रिपरिषद्को निर्णय २४ घण्टापछि मात्रै सार्वजनिक गर्ने बताएका थिए ।

तर २४ घण्टा नबित्दै विभिन्न सञ्चारमाध्यममा मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक हुन थालेपछि प्रधानमन्त्री ओलीले निर्णय सार्वजनिक गर्ने जिम्मेवारी सरकारको प्रवक्तालाई रहेकाले जथाभाबी मिडियालाई निर्णय नटिपाउन अन्य मन्त्रीहरुलाई निर्देशन दिएका हुन् ।

मन्त्रिपरिषद्को निर्णय बाहिर नलैजान आचारसंहिता नै बनेको बताउँदै एक मन्त्री अब निर्णय प्रवक्ताबाटै आउने बताए । 
 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise