२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

गोठाटारमा भीषण आगलागी : १४ सटर जलेर नष्ट, १ घाइते

Nada
२०८३ साउन १७ गते १२:०१
Shares
गोठाटारमा भीषण आगलागी : १४ सटर जलेर नष्ट, १ घाइते

काठमाडौँ : काठमाडौँको गोकर्णेश्वर नगरपालिका वडा-५, गोठाटार पहेँलो पुल नजिकै गए राति भीषण आगलागी हुँदा १४ वटा सटरमा क्षति पुगेको छ । स्थानीय रवीन्द्र भट्टराईले सञ्चालन गर्दै आएको काठको गोदाम र सटरहरूमा विद्युत् सर्ट भई शनिबार राति ९:१५ बजे आगलागी भएको हो ।

ncell

आगलागीको खबर प्राप्त हुनासाथ नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र स्थानीयवासी सुरक्षा टोली परिचालन भएका थिए । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक दानबहादुर थापाको कमान्डमा १०० जना, विपद् व्यवस्थापन सामाखुसीबाट प्रहरी निरीक्षकको कमान्डमा २५ जना र सशस्त्र प्रहरी बल सिनामंगलबाट २५ जना गरी कुल १७५ भन्दा बढी सुरक्षाकर्मी परिचालन भएका थिए । 

सुरक्षा निकाय, ९ वटा दमकल, ३ वटा पानी ट्यांकर र स्थानीयवासीको संयुक्त प्रयासमा राति ११ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको जनाएको छ ।

आगो निभाउने क्रममा कागेश्वरी मनोहरा नगरपालिका–९, गोठाटार बस्ने ३७ वर्षीय नरेश थापा घाइते भएका छन्। टहराको जस्ताबाट खसेर घाइते भएका थापाको नगर अस्पताल मूल पानीमा सामान्य उपचारपछि थप उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर, सुन्धारा पठाइएको छ ।  

ताजा खबर

सम्बन्धित खबर