२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

सिन्डिकेट लगाउन दिइँदैन : श्रम मन्त्रालय

Nada
२०८३ साउन १८ गते ११:४०
Shares
सिन्डिकेट लगाउन दिइँदैन : श्रम मन्त्रालय

काठमाडौं : युवा, श्रम तथा रोजगार मन्त्रालयले विगत केही दिनयता विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा मन्त्रालयलाई समेत जोडेर मलेसियामा श्रमिक पठाउन निश्चित वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीलाई फाइदा पुग्ने गरी सिन्डिकेट गराउने चलखेल भएको भनी प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

ncell

सोमबार विज्ञप्ति जारी गर्दै मन्त्रालयले सरकार सदैव वैदेशिक रोजगारलाई स्वच्छ, प्रतिस्पर्धी, पारदर्शी र श्रमिकमैत्री बनाउने विषयमा प्रतिबद्ध रहेको जनाएको छ । साथै, कुनै पनि किसिमले प्रतिस्पर्धा सीमित तुल्याउने तथा सीमित व्यवसायीहरूको एकाधिकार हुन नदिन मन्त्रालय सदैव सचेत एवं क्रियाशील रहेको उल्लेख गरेको छ ।

सहसचिव एवं प्रवक्ता पिताम्बर घिमिरेद्वारा जारी विज्ञप्तिमा हाल कायम विभिन्न नीतिगत, कानुनी तथा प्रक्रियागत पक्षमा सुधार गर्दै सूचना प्रविधिको अधिकतम उपयोगमार्फत सेवा प्रवाहमा सुधारका काम अघि बढाइरहेको वर्तमान सन्दर्भमा यसलाई ओझेल पार्ने र विषयान्तर गर्ने उद्देश्यले अफवाह तथा भ्रम फैलाउने कार्य गलत एवं तथ्यमा आधारित नरहेको उल्लेख गरिएको छ । मन्त्रालयले यस सम्बन्धमा भ्रम र अन्योलमा नपर्न सम्बद्ध सबैमा अनुरोध गरेको छ ।

विज्ञप्तिमा यस विषयमा मलेसियाबाट समेत कुनै किसिमको आधिकारिक जानकारी प्राप्त नभएको उल्लेख गर्दै मन्त्रालय वैदेशिक रोजगार व्यवसायलाई प्रतिस्पर्धी, पारदर्शी र व्यावसायिक बनाउन गन्तव्य मुलुकसँग कूटनीतिक पहलमार्फत वैदेशिक रोजगारलाई स्वच्छ, नैतिक तथा प्रतिस्पर्धी बनाउने प्रयत्नमा रहेको जनाएको छ । यस कार्यमा सम्बद्ध सबै पक्षको सहयोग र सहकार्यका लागि पनि मन्त्रालयले आग्रह गरेको छ ।

मलेसिया सिन्डिकेट सम्बन्धमा मन्त्रालयले जारी गरेको यो तेस्रो विज्ञप्ति हो । यसअघि तत्कालीन मन्त्री शरतसिंह भण्डारीको कार्यकालमा दुईपटक विज्ञप्ति जारी गर्दै निश्चित पक्षलाई फाइदा पुग्ने गरी कुनै पनि निर्णय नहुने स्पष्ट पारिएको थियो ।

हाल १ हजार १ सय १७ म्यानपावर कम्पनी सञ्चालनमा रहेका छन् । तीमध्ये मलेसियाले आफ्नो मुलुकमा कामदार लैजान मुख्य २५ र उनीहरू मातहत रहने गरी थप २ सय ५० म्यानपावर कम्पनी छनोट गर्ने गृहकार्य गरिरहेको समाचार अघिल्लो बिहीबार सार्वजनिक भएको थियो । त्यसलगत्तै व्यवसायीहरूको छाता संस्था नेपाल वैदेशिक रोजगार व्यवसायी संघसहित विभिन्न घटक संस्थाहरूले म्यानपावर कम्पनी छनोट गरेर सिन्डिकेट लगाउन नपाइने अडान सार्वजनिक गरिरहेका छन् ।

No description available.

ताजा खबर

सम्बन्धित खबर