सुरिन भुजेल/मध्यान्ह
यूएई : पर्यटन व्यवसायका माध्यमबाट आफ्नो अर्थतन्त्रको उच्चतम विकास खोजिरहेकोे यूनाइटेड अरव इमिरेट्स (यूएई) ले विश्वभरबाट दक्ष स्वास्थ्यकर्मी जनशक्ति आपूर्तिका लागि विशेष व्यवस्थाको शुरुवात गरिएको बताएको छ ।
चिकित्सक तथा नर्सजस्ता व्यावसायिक जनशक्तिको आपूर्तिमा सहजता ल्याउन अबुधाबी स्वास्थ्य विभागले नयाँ प्लेटफर्म शुरुवात गरेको बताएको छ । विभागले ‘कावाडेर’ नामको अनलाइन एप्लिकेसन (एप्स) सार्वजनिक गर्दै उक्त एप्लिकेसनमार्फत इमिरेट्स भर मेडिकल क्षेत्रमा रहेका आवश्यकता अर्थात् ‘डिमाण्ड’ पत्ता लगाउन सकिने बताएको छ ।
यूएईमा अस्पताल र क्लिनिकहरू जस्ता चिकित्सा प्रतिष्ठानहरूमा माग हुने विदेशी जनशक्तिको डिमाण्ड उक्त एप्सबाट जानकारी लिई सोझै निःशुल्क आवेदन गर्न सकिने बताइएको छ । स्वास्थ्य सेवा क्षेत्रमा केन्द्रित ‘कावाडेर’ एप्लिकेसन विश्वभरका प्रतिभायुक्त जनशक्तिका लागि आकर्षण र नयाँ प्लेटफर्म भएको अबुधाबी स्वास्थ्य विभागको दाबी छ ।
वेबसाइटमार्फत इच्छुक आवेदकहरूले प्रयोगकर्ताको रुपमा दर्ता भई जनरल फिजिसियन, विशेषज्ञ चिकित्सक, नर्स र अन्य चिकित्सा जनशक्तिले रोजगारी खोजी गर्न सक्नेसमेत विभागले जनाएको छ ।
वेबसाइटको प्रयोगले यदाकदा देखिने मध्यस्थता वा बिचौलियाको सहयोग बिना नै विदेशी दक्ष चिकित्सक तथा नर्सहरूलाई उनीहरूले रोजगारीका लागि दिएको आवेदनमा छलफल गर्न, पारिश्रमिक तथा अन्य सुविधाका सम्बन्धमा सीधा सम्पर्क गर्न सक्षम बनाउने विभागले दाबी गरेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies