२०८१ असोज ५ गते शनिवार / Sep 21 , 2024 , Saturday
२०८१ असोज ५ गते शनिवार

दलित अभियन्ता खगेन्द्र सुनार पक्राउ 

ADV
मध्यान्ह
२०८१ साउन २९ गते १४:३२
दलित अभियन्ता खगेन्द्र सुनार पक्राउ 

काठमाडौँ : 'दलितका लागि दलित' अभियानका संयोजक खगेन्द्र सुनार पक्राउ परेका छन् । राज्यका हरेक निकायमा दलितको समानुपातिक प्रतिनिधित्व हुनुपर्ने माग गर्दै विगत सात दिनदेखि माइतीघरमा आन्दोलन गरिरहेका उनी निषेधित क्षेत्र तोडेर संसद भवन प्रवेश गर्न खोजेपछि पक्राउ परेका हुन् ।

नेल लगाएर प्रदर्शन गरिरहेका उनी मंगलबार संसद प्रवेश गर्न खोजेका थिए । नेल लगाएर संसद भवनमै प्रवेश गर्न खोजेपछि प्रहरीले पक्राउ गरेको हो । संवैधानिक हक बमोजिम राज्यका निकायहरूमा दलित समुदायको प्रतिनिधित्व नदिइएको भन्दै सुनारसहितका अभियन्ताहरूले प्रदर्शन गर्दै आएका थिए । 

संघीय सरकार, प्रदेश सरकार र विभिन्न संवैधानिक निकायको नियुक्तिमा दलित समुदायलाई संवैधानिक व्यवस्था बमोजिम समानुपातिक प्रतिनिधित्व दिनुपर्ने उनीहरूको माग छ ।

ADVADV

सम्बन्धित खबर

Advertise