२०८१ असोज ५ गते शनिवार / Sep 21 , 2024 , Saturday
२०८१ असोज ५ गते शनिवार

उत्पीडित समुदायको अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड

ADV
मध्यान्ह
२०८१ साउन २९ गते १५:४३
उत्पीडित समुदायको अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड

काठमाडौँ : नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले महिला, आदिवासी जनजाति, दलित, मधेसी र उत्पीडित समुदायको अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन् । 

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसद थापाले ती समुदायका अधिकारलाई संस्थागत गर्दै सङ्घीयतालाई अझ सुदृढ र समृद्ध बनाउनुपर्ने बताए । सङ्घीयता, गणतन्त्र, समानुपातिक निर्वाचन प्रणालीलाई अझ समावेशी बनाउनुपर्नेमा जोड दिँदै सांसद थापाले पछाडि फर्किने छुट कसैलाई नभएको बताए । 

भूटानी शरणार्थी र सहकारी ठगीमा मुछिएकालाई कारबाही गर्नुपर्ने माग गर्दै सांसद थापाले असल काम गरेमा सरकारको प्रशंसा र  गलत गरेमा आलोचना हुने बताए । उनले सहकारी, मल र दूधको समस्या जतिसक्दो चाँडो समाधान गर्न सरकारसँग माग गरे । “प्रत्येक मन्त्रालयसँग जोडिएका साना-साना काम छन्, ती पूरा गर्न बेग्लै स्रोतसाधन पनि चाहिँदैन माननीय मन्त्रीज्यूको इच्छाशक्ति भए पुग्छ, आवश्यक कानुन तत्काल निर्माण गर्नुपर्नेमा जोड दिँदै उनले भने ।

वर्तमान सरकार गठन भएका बेला गरिएका सहमतिका आधारमा जनचाहनाअनुसार काम हुनुपर्ने उनले बताए  । उनले अनियमिततासम्बन्धी सबै फाइल खोलेर दोषीमाथि छानबिन हुनुपर्ने माग गरे ।
 

ADVADV

सम्बन्धित खबर

Advertise