२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

धार्मिक दंगाबारे निष्पक्ष छानबिन गर्न घिमिरेको माग

Nada
२०८३ साउन २१ गते १४:०७
Shares
धार्मिक दंगाबारे निष्पक्ष छानबिन गर्न घिमिरेको माग

काठमाडौं : राष्ट्रिय सभा सदस्य बासुदेव घिमिरेले सुनसरी र मधेशका जिल्लाहरूमा पछिल्लो समय भएका धार्मिक दंगाबारे निष्पक्ष छानबिन गर्न माग गरेका छन् । राष्ट्रिय सभाको बिहीबार बसेको बैठकको शून्य समयमा बोल्दै सदस्य घिमिरेले उक्त दंगा राष्ट्रिय सहमतिको आधारमा शान्त भए पनि त्यसको छानबिनका लागि गृह मन्त्रालयले गठन गरेको कार्यदलप्रति आंशका व्यक्त गरे । 

ncell

उनले भने, ‘सुनसरी, सिरहा लगायतका तराईका जिल्लामा भएको धार्मिक दंगा राष्ट्रिय सहमतिको आधारमा  शान्त त भयो तर त्यसको छानबिनको लागि गृह मन्त्रालयबाट कार्यदल गठन गरेको छ, त्यो दुधको साक्षी बिरालो भएन र ?’ 

साथै सदस्य घिमिरेले राष्ट्रिय सभा अध्यक्षमार्फत नेपाल सरकार गृह मन्त्रालय र गृहमन्त्रीलाई रुलिङ गर्न पनि माग गरे । उनले भने ‘निष्पक्ष छानबिन आयोग गठन होस् ताकि भोलिका दिनमा मुलुकमा त्यस्तो दंगा, त्यस्तो झडप र त्यस्तो दुःखद् घटना नहोस् ।’

सुनसरीको कप्तानगन्जबाट सुरु भएको धर्मिक हिंसामा परी चार जनाको मृत्यु भएको थियो । सुनसरीमा ३ जना र सिरहमा एक जनाको मृत्यु भएको हो । सुनसरीका ओमप्रकाश मेहता, जयप्रकाश मेहता र रविन्द्र मेहताको मृत्यु भएको थियो भने प्रदर्शन चर्किँदै गएपछि सिरहमा गोली लागेर गणेश यादवको मृत्यु भएको थियो ।

ताजा खबर

सम्बन्धित खबर