२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

५८ वर्षपछि रोहिणीका स्ववासीले पाए लालपुर्जा, २७१ परिवार बने जग्गाधनी

Nada
२०८३ साउन २२ गते १२:५१
Shares
५८ वर्षपछि रोहिणीका स्ववासीले पाए लालपुर्जा, २७१ परिवार बने जग्गाधनी

रुपन्देही : रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका अन्तर्गत साविक बोधवार र पर्सा गाउँ विकास समिति क्षेत्रमा एकसरो नापी भएको करिब ५८ वर्षपछि स्थानीय स्ववासीले जग्गाधनी दर्ता प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन् ।

ncell

२०२५ सालमा गाउँब्लकका रूपमा छुट्याइएको उक्त क्षेत्रमा कुल ३२४ वटा दर्ता कायम भएकोमा २७१ वटा लालपुर्जा आज सम्बन्धित जग्गाधनीलाई वितरण भएको छ ।

दशकौंदेखि आफ्नो जग्गाको कानुनी स्वामित्वको प्रमाणपत्रको प्रतीक्षामा रहेका स्थानीय बासिन्दाका लागि यो वितरण ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको छ ।

लालपुर्जा प्राप्त भएसँगै जग्गाको स्वामित्व कानुनी रूपमा सुनिश्चित हुनुका साथै किनबेच, बैंकिङ कारोबार तथा अन्य प्रशासनिक सेवा लिनसमेत सहज हुने अपेक्षा गरिएको छ ।

स्थानीय स्ववासीले ५८ वर्ष लामो प्रतीक्षापछि आफ्नो नाममा लालपुर्जा प्राप्त गर्न लागेकोमा खुसी व्यक्त गरेका छन् ।

ताजा खबर

सम्बन्धित खबर