२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

घुससहित पक्राउ परेका अमिन खत्रीविरुद्ध भ्रष्टाचार मुद्दा

Nada
२०८३ साउन २२ गते १४:३२
Shares
घुससहित पक्राउ परेका अमिन खत्रीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं : नापी कार्यालय चावहिल अन्तर्गतको २ र ३ नम्बर नापी टोली, गोकर्ण (माकलबारी) मा कार्यरत अमिन टोप जङ खत्रीविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ । जग्गा हालसाविक गरी जग्गाधनी पूर्जा बनाउने काममा सहजीकरण गरिदिने बहानामा सेवाग्राहीसँग घुस लिएको पुष्टि भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध मुद्दा दायर गरेको हो ।

ncell

अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले अमिन खत्रीलाई सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा घुस रकमसहित नियन्त्रणमा लिएको थियो । सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियारको टोलीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको थियो ।

अख्तियारका प्रवक्ता सयेुश न्यौपानेका अनुसार अनुसन्धानका क्रममा अमिन खत्रीले आफ्नो पद तथा ओहदाको दुरुपयोग गरी जग्गा हालसाविक गर्ने र जग्गाधनी पुर्जा बनाइदिने काममा सहजीकरण गरेबापत सेवाग्राहीसँग १ लाख ६० हजार रुपैयाँ घुस लिएको पुष्टि भएको छ ।

खत्रीको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर ठहरिएकाले आयोगले उनीविरुद्ध १ लाख ६० हजार रुपैयाँ बिगो कायम गरेको छ ।

अख्तियारले खत्रीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम कैद सजाय र सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम बिगो बराबरको जरिवाना सजायको मागदाबी गर्दै आज विशेष अदालतमा आरोपपत्र दायर गरेको प्रवक्ता न्यौपानेले जानकारी दिए ।

ताजा खबर

सम्बन्धित खबर